sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वृद्धालाई कुटपिट गरी लुटपाट

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० ११:0६
वृद्धालाई कुटपिट गरी लुटपाट

दाङ । दाङमा अज्ञात व्यक्तिले घरेलु हितयार प्रहार गर्दा एक जना वृद्ध महिला गम्भीर घाइते भएकी छन् ।

घोराही उपमहानगरपालिका-१३ सेवार बासबोटस्थित ६२ वर्षिया राखीमाया रोकामाथि बुधवार घरमै आएर एक जना अज्ञात व्यक्तिले घरेलु हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी हुन् ।

गम्भीर घाइते रोकाको भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए ।

एसपी वलीका अनुसार बुधबार दिउँसो करिब ४ बजे अन्धाजी २५-३० वर्षको व्यक्तिले घरभित्र आएर रोकामाथि कुटो तथा चुलेसीले टाउँको तथा ‍शरीरका विभिन्न भागमा प्रहार गरेको थियो ।

ती व्यक्तिले रोकाको ढाई तोलाको सुनको सिक्री र मोबाइल फोनसमेत लुटपाट गरी फरार भएको एसपी वलीले बताए । ती व्यक्तिको खोजी कार्य भइरहेको छ ।

घाइते रोका आफ्नी माइली छोरीसँग घरमा बस्दै आएकी थिइन् । बुधवार दिउँसो उनी घरमा एक्लै भएको मौका छोपेर उक्त घटना भएको हो । ‘घटनाको प्रकृति हेर्दा लुटपाट जस्तो देखिन्छ,’ एसपी वलीले भने, ‘यद्यपि घटनाको अनुसन्धान भइरहेको छ ।’

उनले कर्णाली प्रदेश प्रहरीबाट समेत कुकुर ल्याएर घटनाको अुनसन्धान गरिएको जानकारी दिए ।

प्रहरी प्रमुख वलीले आफू रातिदेखि नै घटना स्थलमा खटेर अनुसन्धान गरिरहेको बताए । ‘घटना कसले र किन ग¥यो अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘घटना नजिक पुगेका छौं, दोषी छिट्टै पत्ता लगाउछौं ।’

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० ११:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid