July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

संयुक्त सरकार भएकाले कांग्रेसले सोचे अनुसार काम गर्नसक्ने अवस्था छैन : सभापति देउवा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १६:३३
संयुक्त सरकार भएकाले कांग्रेसले सोचे अनुसार काम गर्नसक्ने अवस्था छैन : सभापति देउवा

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्नसक्ने अवस्था नभएको बताएका छन् । तर आफूहरुले सोचे अनुसारको काम गर्न कांग्रेसलाई फेरि बहुमत चाहिने उनको भनाइ थियो ।

सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिनसक्ने बताएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्नसक्ने अवस्था नभएको पनि बताए ।

सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए । सभापति देउवाले संविधान अनुसार सरकार बनाउन पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढ्नु परेको दोहोर्‍याएका थिए ।

‘आज हाम्रो पार्टी सरकारमा छ । भोलि सरकारको नेतृत्व गर्नसक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो । तर अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन । तैपनि भोलि हामी सबै मिलेर नेपाली कांग्रेसलाई बहुमत ल्याउनेतिर लाग्यौं भने, यसमा शिक्षक संघको पनि योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ । त्यसकारणले अहिले संयुक्त सरकार भएको हुनाले कति कुरामा काम गर्न समस्या हुन्छ,’ सभापति देउवाले भने ।

अहिलेको अवस्थामा गठबन्धन नै आवश्यक रहेको भन्दै यसले आफ्नो पार्टीलाई अगाडि बढ्न बल पुगेको पनि उनको भनाइ थियो । यस क्रममा उनले कांग्रेस अझै बलियो बनाउनुपर्ने र यसका लागि शिक्षकहरूको भूमिका रहने बताए ।

साथै नेपाली कांग्रेसको ठाउँठाउँमा संठगनमा देखिएको समस्या समाधान गर्न जरुरी रहेको उनले बताएका थिए।

सभापति देउवाले शिक्षकहरुको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने पनि आश्वासन दिएका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १६:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्