May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

देउवाको आँखामा प्रवक्तामा मीन

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १५:४१
देउवाको आँखामा प्रवक्तामा मीन

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भएको १८ महिनापश्चात् सभापति शेरबहादुर देउवाले विभाग गठन प्रकृयालाई अगाडि बढाएका छन् । देउवाले विधानअनुसार गठन हुनुपर्ने २८ वटा विभाग गठन प्रकृया अघि बढाएका हुन् ।

कांग्रेस स्रोतका अनुसार सभापति देउवाले केन्द्रीय सदस्य मीन विश्वकर्मालाई प्रचार विभाग प्रमुख बनाउने तयारी गरेका छन् । मीनले पनि आफूले सो कुरा सुनेको जानकारी दिए । यता, कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने कुनै तयारी भइनसकेको जानकारी दिए ।

“चिठी दिने र विज्ञप्ति जारी गर्ने मै हुँ । विभाग गठनको विषयमा कुनै तयारी भएको मलाई चाहिँ जानकारी आएको छैन,” उनले भने ।

कांग्रेसमा प्रचार विभाग पार्टी प्रवक्ताको नेतृत्वमा रहने गर्दछ । विभाग संयोजकसहित ५१ सदस्य रहन्छ । अहिले पार्टी प्रवक्तामा अर्थमन्त्रीसमेत रहेका प्रकाशशरण महत छन् । तर, देउवाले महतलाई भन्दा पनि प्रचार विभाग विश्वकर्मालाई दिने तयारी गरेपछि प्रवक्ता परिवर्तन हुन लागेको हो भन्ने चर्चा कांग्रेसभित्र सुरू भएको छ ।

देउवा विश्वासपात्र समेत रहेका एक केन्द्रीय सदस्यका अनुसार देउवाले विश्वकर्मालाई प्रवक्ताको जिम्मेवारी दिने तयारी गरेका थिए । महत अर्थ मन्त्रालयमा व्यस्त भएको र सञ्चारमाध्यममा पनि पार्टीको प्रचारमा सुस्तता आएको भन्दै देउवाले महतको विकल्पको विषयमा पनि सामान्य छलफल गरेका थिए ।

“उहाँलाई प्रचार विभागको जिम्मेवारी दिनुको अर्थ मिले घोषित र त्यो अवस्था नआए अघोषित भए पनि प्रवक्ताको जिम्मेवारी दिने तयारीको रूपमा बुझ्नुहोस्,” ती केन्द्रीय सदस्यले  भने ।

कानुनी पृष्ठभूमिका विश्वकर्माले नेपाल दलित संघको केन्द्रीय अध्यक्ष, दुवै संविधानसभामा सदस्य, ०७४ सालको प्रतिनिधिसभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य र संसदीय दलको सचेतक भएर अनुभव संगालिसकेका छन् ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १५:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट