May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

प्रतिव्यक्ति विद्युत खपतदर ३५० किलोवाट

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १७:0५
प्रतिव्यक्ति विद्युत खपतदर ३५० किलोवाट

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति विद्युत खपतदर ३५० किलोवाट घण्टा ९ युनिट ० नाघेको छ । गत असारसम्म ३२५ किलोवाट घण्टा मात्रै रहेको यस्तो खपतदर गत फागुससम्म ३५१ युनिट पुगेको छ । आर्थिक सर्वेक्षण २०७९ र ८० का अनुसार आर्थिक वर्ष २०७८-७९ को फागुनसम्म ५ हजार ७७२ गिगावाट घण्टा बराबर विद्युत खपत भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६ हजार ७८९ गिगावाट घण्टा बराबर विद्युत खपत भएको छ । २०७९ फागुनसम्म ९५ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ । गत असारसम्म ९४ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको थियो ।

सामुदायिक संस्था बाहेक विद्युत उपयोग गर्ने ग्राहकको संख्या २०७९ फागुनसम्म ५२ लाख २० हजार पुगेको छ । २०७९ असारसम्म यस्तो संख्या ५० लाख ६२ हजार थियो । सामुदायिक संस्था अन्तर्गत विद्युत उपयोग गर्ने ग्राहकको संख्या करिव ५ लाख ५० हजार छ । २०७९ फागुनसम्म राष्ट्रिय प्रसारण लाइन ९६६ केभी र सो भन्दा माथि० ५ हजार ६६९ सर्किट किलोमिटर पुगेको छ ।

वितरण लाइन ९३३ केभी र सो भन्दा कम० १ लाख ३६ हजार ५ सय ९५ सर्किट किलोमिटर पुगेको छ । २०७९ असारसम्म प्रसारण लाइन ९६६ केभी र सो भन्दा माथि० ४,५७३ सर्किट किलोमिटर तथा वितरण लाइन १ लाख २३ हजार ५ सय ५७ सर्किट किलोमिटर थियो ।

चालु आर्थिक वर्षको फागुनसम्म भारतबाट १ हजार ११ गिगावाट घण्टा विद्युत आयात भएको छ भने १ हजार ०५३ गिगावाट घण्टा बराबरको विद्युत निर्यात भएको छ । आर्थिक वर्ष २०७८र७९ मा विद्युतको माग पूर्तिको लागि भारतबाट कुल १ हजार ५४३ गिगावाटघण्टा विद्युत आयात र ४९३ गिगावाटघण्टा विद्युत निर्यात भएको थियो । २०७९ फागुनसम्म प्रसारणतर्फका ४ र वितरणतर्फका ३ गरी ७ स-स्टेशन निर्माण सकिएर सञ्चालनमा आएका छन् । त्यसैगरी १३२ केभीका विभिन्न प्रसारणलाइनका १०५ सर्किट किलोमिटर विस्तार भएको छ । ग्रिड सव-स्टेशनको क्षमता ७ हजार १४९ एमभीएबाट ८ हजार ०६४ एमभीए पुगेको छ ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १७:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्