May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

सुनकोसीमा खस्दा यसरी बाँचे गाडी चालक

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० १४:३७
सुनकोसीमा खस्दा यसरी बाँचे गाडी चालक

काठमाडौं । सिन्धुलीस्थित सुनकोसी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का तीन कर्मचारीको खोजीकार्य छ । गएको शुक्रबार गाडी नदीमा खस्दा त्यसमा सवार उनीहरू बेपत्ता भएका हुन् । उक्त गाडी पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी एवं सूचना अधिकारी हरिकृष्ण केसीले जानकारी दिए । “बेपत्ताको खोजीकार्य छ, फेला परेको छैन,” उनले बाह्रखरीसित भने, “४० जनाको टोली खोजीकार्यमा खटिएको छ ।” उनका अनुसार गोताखोरसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलगायत टोलीले बेपत्ता कर्मचारीको खोजी गरिरहेको छ ।

दुर्घटनामा परेको गाडीका चालक दाङको राप्ती गाउँपालिका-६ का ३१ वर्षीय कृष्ण चौधरी भने सकुशल छन् । गाडीसँगै नदीमा खसे पनि आफू पौडी खेलेर बाहिर निस्किएको उनले प्रहरीसमक्ष बयान दिएका छन् । उनी अहिले प्रहरीको नियन्त्रणमा छन् ।

चालक चौधरीले गाडीको ‘ब्रेकफेल’ भएपछि सडकको भित्तामा ठोक्किएको र अनियन्त्रित भई नदीमा खसेको बताएको डीएसपी केसीले जानकारी दिए । “ब्रेकफेल भयो, ब्रेकफेल भएपछि गाडी भित्तामा ठोक्कियो, त्यसपछि अनियन्त्रित भएर भीरबाट नदीमा खस्यो भनेका छन्,” चालक चौधरीको भनाइ उद्धृत गर्दै उनले भने, “मचाहिँ पौडिएर निक्लिएँ भन्छन् ।”

डीएसपी केसीका अनुसार चालक चौधरीको अवस्था सामान्य छ । दुर्घटनापछि खुर्कोटस्थित स्थानीय मेडिकलमा उनको सामान्य उपचार गरिएको थियो । लगत्तै उनलाई डिस्चार्ज गरिएको थियो । गाडी फेलापरेपछि प्राविधिक परीक्षणलगायत कार्यपश्चात् मात्र दुर्घटनाको यकिन कारण थाहा उनले बताए । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७, लौकुन नभघाटस्थित सडकबाट गाडी करिब १५० मिटर तल सुनकोसी नदीमा खसेको थियो । भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जीप दुर्घटना भएको हो ।

बेपत्ता हुनेमा सीटीईभीटीको प्रशासन शाखाका निर्देशक एवं सहसचिव तनहुँको भानु नगरपालिका-९ का कृष्णबहादुर केसी, सीटीईभीटीकै योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद भुर्तेल र सीटीईभीटीमै विद्युत् प्रशिक्षकका रूपमा कार्यरत इलामका भानु पौडेल छन् ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० १४:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।