sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गौर नरसंहारको १६ वर्षपछि सर्वोच्च अदालतमा मुद्दा, आज सुनवाइ हुँदै

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० 0९:४८
गौर नरसंहारको १६ वर्षपछि सर्वोच्च अदालतमा मुद्दा, आज सुनवाइ हुँदै

काठमाडौं। गौर नरसंहारको १६ वर्षपछि आज सर्वोच्च अदालतमा मुद्दाको सुनवाइ सुरु हुँदैछ । सो नरसंहारको दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित हिजो दर्ता भएको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभएपछि पीडितका परिवार तथा आफन्तले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाएर दायर रिटमा आज देखी सुनवाइ हुन लागेको हो । रिटमा तत्काल अन्तरिम आदेश माग गरिएको छ ।

शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमले गौरस्थित राइस मिल चौरमा एकैपटक कार्यक्रमको आयोजना गरेपछि भएको झडपमा २७ जनाको मृत्यु भएको थियो ।

सो घटनामा संलग्न भएको भन्दै तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादवमाथि कारबाही हुनुपर्ने माग राख्दै दिएको निवेदन जिल्ला प्रहरी कार्यालय, रौतहटले सम्बोधन नगरे पछि सो घटनाका पीडित तथा आफन्तहरु सर्वोच्च अदालत पुगेका हुन ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० 0९:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid