April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

गौर नरसंहारको १६ वर्षपछि सर्वोच्च अदालतमा मुद्दा, आज सुनवाइ हुँदै

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० 0९:४८
गौर नरसंहारको १६ वर्षपछि सर्वोच्च अदालतमा मुद्दा, आज सुनवाइ हुँदै

काठमाडौं। गौर नरसंहारको १६ वर्षपछि आज सर्वोच्च अदालतमा मुद्दाको सुनवाइ सुरु हुँदैछ । सो नरसंहारको दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित हिजो दर्ता भएको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभएपछि पीडितका परिवार तथा आफन्तले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाएर दायर रिटमा आज देखी सुनवाइ हुन लागेको हो । रिटमा तत्काल अन्तरिम आदेश माग गरिएको छ ।

शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमले गौरस्थित राइस मिल चौरमा एकैपटक कार्यक्रमको आयोजना गरेपछि भएको झडपमा २७ जनाको मृत्यु भएको थियो ।

सो घटनामा संलग्न भएको भन्दै तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादवमाथि कारबाही हुनुपर्ने माग राख्दै दिएको निवेदन जिल्ला प्रहरी कार्यालय, रौतहटले सम्बोधन नगरे पछि सो घटनाका पीडित तथा आफन्तहरु सर्वोच्च अदालत पुगेका हुन ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० 0९:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट