April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

गगन थापा : नीति महाधिवेशन भदौमा गर्ने

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १५:१४
गगन थापा : नीति महाधिवेशन भदौमा गर्ने

काठमाडौं।।

नेपाली कांग्रेसले भदौको अन्तिम साता नीति महाधिवेशन गर्ने भएको छ ।

महामन्त्री गगन थापाले नीति महाधिवेशन भदौको अन्तिममा गर्न लागिएको जानकारी गराएका छन्। नेपाली कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन दाङ पुगेका महामहान्त्री थापाले भने,‘हामी भदौको मसान्तमा नीति महाधिवेशन गर्छौ । नीति महाधिवेशनबाट पार्टीका महत्वपूर्ण निर्णयहरु गर्छौं।’

महाधिवेशन सकिएको ६ महिना पछि नीति महाधिवेशन गर्ने भनिएपनि हालसम्म मिति तोकिएको छैन । महाधिवेशन सकिएको डेढ वर्ष वितेको छ । प्रशिक्षण कार्यक्रम सुरु हुनु अघि थापाले राप्ति गाउँपालिकामा स्थानीय नेता कार्यकर्तासँग छलफल क्रममा उनले उक्त कुरा गरेका हुन् । महामन्त्री थापाले भदौअघि नै भ्रातृसंस्थाको पूर्णता, विभाग गठन लगायतका काम सकिने बताए ।

नागरिकका आँखाबाट हेर्दा संगठन निर्माणको अर्थ नरहने उनले बताए । ‘नागरिकका लागि हामी भित्रको कुरा पनि ठीक बनाउनु छ । सँगसँगै बाहिरबाट हेरिँदा पनि हामी ठिक देखिनु छ’, महामन्त्री थापाले भने । कांग्रेस बाँच्नुको आधार मर्न तयार हुने तर सिद्धान्तमा सम्झौता तयार नहुने कारणले भएको थापाले सुनाए।

पछिल्लो समय सरकारका लागि कांग्रेस जे पनि गर्ने पार्टीका रुपमा चित्रित भएको थापाको भनाइ छ। ‘जोसँग पनि मिल्छ, जे पनि गर्छ । नहुने कुरा पनि गर्छ भन्ने हुँदै गएको छ, थापाले भने, ‘हाम्रा केही गलत क्रियाकलापले होला । यो कुराहरु सच्याएनौं भने पार्टीको बैठक मात्रै सच्याएर हुँदैन।’ दाङको लमहीमा सोमबार कांग्रेसले लुम्बिनी प्रदेशमा स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण राखेको छ ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १५:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट