sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्तरीकृत परीक्षा प्रणाली लागु : गेसपेपर र गाइडका दिन गए

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १२:५३
स्तरीकृत परीक्षा प्रणाली लागु : गेसपेपर र गाइडका दिन गए

काठमाडौँ । गाइड, गेसपेपर, ओल्ड इज गोल्ड वा बजारमा पाइने सहयोगी सामग्रीबाट परीक्षाको तयारी गर्ने सोच राखेका स्कुले विद्यार्थीले अब चाहिँ धोका पाउने छन् । कक्षा ८, १० र १२ का विद्यार्थीले यस्ता सामग्री खरिदमा खर्च नगर्दा हुन्छ । राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा प्रणाली अवलम्बन गरेको छ । यो प्रणालीका कारण वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म सोधिने छैन । हाल परीक्षामा बर्सेनि जस्तो प्रश्न दोहोरिने गरेका छन् ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बजारमा पाइने पुराना प्रश्नपत्रको सँगालो सङ्कलन गर्ने र त्यसका आधारमा अभ्यास गरी कण्ठ गर्ने प्रवृत्तिलाई अन्त्य गर्न खोजिएको बताउनुभयो । “एक पटक सोधिएको प्रश्नपत्र कम्तीमा पाँच वर्षसम्म दोहोरिने छैन,” उहाँले भन्नुभयो, “स्तरीकृत परीक्षा प्रणालीका कारण सिकाइ र बुझाइका आधारमा उत्तर लेख्नुपर्ने हुन्छ । घोकेर उत्तर दिने परम्परागत पद्धति अब काम लाग्दैन ।”

बोर्डले पहिलो चरणमा यस वर्षदेखि कक्षा १० (एसईई) को गणित, विज्ञान र अङ्ग्रेजीमा यो प्रणाली लागु गरेको छ । आगामी वर्ष अन्य कक्षामा लागु गरिने छ । बोर्डले यसका लागि प्रश्नपत्रका हजारौँ सेट तयार गरिरहेको छ । देशका सयौँ शिक्षकबाट ती प्रश्नपत्र तयार गरिएका हुन् । प्रश्नपत्रको परीक्षणसमेत गरिएको छ । तिनै सेटबाट पालिकादेखि बोर्डसम्मले प्रश्नपत्र तयार गर्नेछन् । प्रश्नपत्रको पहुँच सीमित व्यक्तिमा मात्र हुने हुँदा गोपनीयता कायम रहने दाबी बोर्डको छ ।

उहाँले परीक्षार्थीहरू नियमित रूपमा कक्षाकोठामा पढेर रचनात्मक क्षमता विकास गर्नेभन्दा पनि परीक्षामुखी मात्रै बन्न थालेपछि स्तरीकृत परीक्षा प्रणाली लागु गरिएको बताउनुभयो । बोर्डका अध्यक्ष डा शर्माले पाठ्यक्रमको मर्म अनुसार विद्यार्थीमा सिकाइ सक्षमता विकास हुने र विभिन्न कक्षा उत्तीर्ण गरेपछि परीक्षार्थीले के के सिके भन्ने जान्न यो परीक्षा प्रणालीले सहयोग पु-याउने अपेक्षा गरिएको बताउनुभयो ।

“शिक्षकले पाठ्यपुस्तकका कुरा होइन, पाठ्यक्रममा आधारित भएर अध्यापन गर्नुपर्छ,” उहाँले भन्नुभयो, “पाठ्यपुस्तकमा मात्र भर पर्दा विद्यार्थीको सिकाइ र बुझाइ कमजोर भएको छ ।”

यस क्रममा बोर्डले सजिला, मध्यम र कठिन प्रश्नपत्र तयार गरेको थियो । विद्यार्थीमा परीक्षण गराउँदा कमजोर विद्यार्थीलाई कठिन प्रश्न उपयुक्त नभएको र अब्बल विद्यार्थीलाई सजिलो प्रश्न उपयुक्त नभएको देखिएपछि मध्यम प्रश्नपत्र तयार गरिएको छ । विद्यालय तहको परीक्षामा एउटै उत्तरपुस्तिकालाई फरक फरक परीक्षकले परीक्षण गर्दा दिने अङ्कमा निकै तलमाथि रहेको पाइएको छ । यो अन्तर घटाउन पनि स्तरीकृत परीक्षा प्रणाली उपयुक्त रहेको ठम्याइ बोर्डको छ ।

“एउटै उत्तरपुस्तिका परीक्षण गर्दा शिक्षकहरूले २० अङ्कसम्म पनि अन्तर रहेको पाइयो । उही शिक्षकले आज दिने अङ्क र केही दिनपछि त्यसैलाई दिने अङ्क नै फरक हुने पनि देखियो,” बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले भन्नुभयो, “यो अन्तरले गर्दा विद्यार्थी मर्कामा पर्छन् । उनीहरूमाथि अन्याय हुन्छ । यसलाई कम गर्न स्तरीकृत परीक्षा प्रणाली उपयुक्त हुने देखिएको छ ।”

स्तरीकृत परीक्षा प्रणाली विज्ञ प्राडा प्रकाशमान श्रेष्ठले यो प्रणाली परीक्षा सञ्चालन तथा उत्तरपुस्तिका परीक्षण गर्ने परम्परागत शैलीको तुलनामा निकै प्रभावकारी हुने तर प्रणाली लागु गर्नुअघि प्रशस्त अध्ययन हुनुपर्ने बताउनुभयो । “धेरै सङ्ख्यामा नमुना प्रश्नपत्र तयार गरी तिनको परीक्षण विद्यार्थीमाथि गरिनुपर्छ । यसको विश्लेषणपछि उपयुक्त प्रश्नपत्र तयार गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

 

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid