May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

रेखा थापाले पहिलो सन्तानलाई जन्म दिंदै

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:२३
रेखा थापाले पहिलो सन्तानलाई जन्म दिंदै

काठमाडौं । अभिनेत्री रेखा थापाले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । गत वर्ष प्रेमी बलराम शाहीसँग विवाह गरेकी उनी आमा बन्न लागेकी हुन् । आगामी फागुन–चैतलाई चिकित्सकले डेलिभरी डेट तोकेका छन् । रेखाले साझा परिवेश डट कम सँग पहिलो सन्तानलाई स्वागत गर्नको लागेको जानकारी दिइन् । अहिले रेखाको गर्भमा चार महिनाको शिशु हुर्किरहेको छ उनले भनिन ।

गर्भवती भए पनि रेखा अहिले होम प्रोडक्सन फिल्म ‘उपहार’को छायांकन धमाधम गरिरहेकी छन् । निर्देशक ज्ञानेन्द्र देउजाले गर्भवती रेखाको एक्सन दृश्यको छायांकन गरिरहेका छन् । सोही कारण रेखाले रातदिन नभनी फिल्म छायांकनमा समय दिइरहेकी छन् ।

चिकित्सकले फागुन–चैतलाई डेलिभरी डेट दिएको र वैशाखमा उनको नयाँ फिल्म ‘उपहार’ पनि रिलिज हुँदैछ । शिशुको जन्म र फिल्मको रिलिज सँगै हुने भएपछि रेखा खुसी छिन् । यसलाई उनले उपहारको रुपमा लिएकी छन् । ‘यत्तिको वर्षसम्म सबैले सोध्नुभयो, फाइनल्ली यो कुरा बताउन पाउँदा खुसी छु,’ उनले भनिन् । रेखाले सोमबार फेसबुकमा श्रीमानसँगको एक तस्वीर सेयर गर्दै ‘भविष्य पनि गज्जबको उपहार हो, जो आउँदा नआउँदै हामीलाई किस्ता किस्तामा पठाइदिन्छ,’ लेखेकी छन् ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।