May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

ईमरजेन्सी सेवा बन्द

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १३:0४
ईमरजेन्सी सेवा बन्द

जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका पूर्व मेयर उदय कुमार बरबरिया (यादव) को पालमा सँचालनमा आएको ईमरजेन्सी सेवा बन्द भएको छ ।

पूर्वी धनुषाका स्थानीय तहहरुमध्ये प्रथम पटक ग्रामिण भेकमा शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहास्थित प्राथमिक उपचार केन्द्रमा सँचालनमा आएको ईमरजेन्सी सेवा बन्द भएको छ ।

ईमरजेन्सीमा कार्यरत कर्मचारीहरुले अतिरिक्त भत्ता नपाएपछि उनीहरुले सेवा दिन बन्द गरेको हो । कर्मचारीहरुलाई विदाको दिनसहित २४ सै घण्टा खटाउँदा आउने भत्ता नदिएपछि उनीहरु हडताल गरेका छन् ।

शहिदनगर नगरपालिकाका वर्तमान मेयर दिनेश प्रसाद यादवलाई गत जेठ १० गते स्वास्थ्यकर्मीहरुले ज्ञापन पत्र बुझाउँदै विगत एक बर्षको अतिरिक्त भत्ता दिन माग गरेका थिए । ७ दिने अल्टिमेटम दिँदै अतिरिक्त भत्ताको माग गरेको थियो ।

गत २०७९ साल फागुन २२ गते तत्कालिन मेयर उदय कुमार बरबरिया, प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले ईमरजेन्सीमा काम गर्दा स्वास्थ्यकर्मी, कर्मचारीलाई २४ घण्टे सेवा र शनिबार तथा सार्वजनिक विदाको दिन समेत सेवा दिँदा अतिरिक्त भत्ताको सहमति भएको थियो । तर, वर्तमान मेयर दिनेश प्रसाद यादवले कर्मचारीहरुलाई भत्ता कटौति गरेपछि सेवा बन्द भएको हो ।

कर्मचारीहरुले आफ्नो जिम्मेवारीभन्दा थप जिम्मेवारी नगर्ने अडान लिएपछि इमरजेन्सी सेवा बन्द भएको सोही अस्पतालमा कार्यरत एचए सँजीत यादवले जानकारी दिए ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट