September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

विद्युतीय गाडीको कर बढ्छ नै भनेर दाबी गरेको छैन : अर्थमन्त्री

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १५:२४
विद्युतीय गाडीको कर बढ्छ नै भनेर दाबी गरेको छैन : अर्थमन्त्री

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट बनाउने क्रममा विद्युतीय गाडीको कर बढ्ने सूचना नचुहाएको दाबी गरेका छन् । कर बढ्न सक्छ भन्ने अनुमानमा कसैले गाडी ल्याउँछ भने आफूले जिम्मा लिन नसक्ने उनले बताए । मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले आफूले विद्युतीय गाडीको करलाई विवेकपूर्ण मात्र बनाएको दाबी गरे ।

हरेक वर्ष बजेट आउने बेला कर बढ्ने सम्भावना हुनसक्छ भन्ने अनुमानमा व्यापारिक घरानाहरुले गाडी ल्याएको हुनसक्ने भन्दै अर्थमन्त्री महतले त्यसलाई सूचना चुहायो नभन्न आग्रह गरे । उनले विद्युतीय गाडीको करमा आफूले गरेको हेरफेरले मानिसहरु पेट्रोलियम सवारी साधनतिर आकर्षित नहुने दाबी गरे । पेट्रोलियम सवारीको तुलनामा विद्युतीय सवारी साधनको कर अहिले पनि निकै कम भएको भन्दै उनले अघि भने, ‘यो कर समायोजनले इभी छाडेर पेट्रोलियम बेसको गाडी किन्न कोही जानेवाला छैन ।’

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १५:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्