May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

नासुले अर्काको परीक्षा दिएकोमा पक्राउ

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १२:३५
नासुले अर्काको परीक्षा दिएकोमा पक्राउ

बुटवल ।।

  • अर्काको नाममा लोक सेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट एक जना पक्राउ
  • नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादवले मनोजकुमार शर्मा सुतिहारको नाममा परीक्षा दिएका थिए
  • लिखितसम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको
  • वै जनालाई अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहहेको छ 

अर्काको नाममा लोक सेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट एक जना पक्राउ परेका छन् । सप्तरीको राजबिराज-११ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन्।

पक्राउ परेका यादवले लोक सेवा आयोगले बुटवल केन्द्रमा २०७७ साल फागुन २९ गते र २०७८ साउन ४ गते लिएको परीक्षामा राजबिराज-११ घर भएका ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहारको नाममा परीक्षा दिएका थिए ।

सुतियार अहिले कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल पदमा कार्यरत छन् । प्रहरीले सुतियारलाई पनि नियन्त्रणमा लिएको छ ।

सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखितसम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।दुवै जनालाई अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहहेको डीएसपी अर्यालले बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १२:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।