sweet bonanza
June 22, 2026 | सोमवार, असार ९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

५४ वर्षपछि ९१ जनाले पाए जग्गा धनी दर्ता प्रमाण पुर्जा

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० 0६:५७
५४ वर्षपछि ९१ जनाले पाए जग्गा धनी दर्ता प्रमाण पुर्जा

गनेश कुमार यादव
इनरुवा । सुनसरीको काेशी गाउँपालिकाका ९१ जनाले ५४ बर्षपछि जग्गा धनी  दर्ता प्रमाण पुर्जा पाएका छन् ।

काेशी गाउँपालिका वडा नं-६,५,८ का जग्गा धनी  दर्ता प्रमाण पुर्जा विहिन ९१ जनाले शनिबार उक्त पुर्जा पाएका हुन् ।

काेशी गाउँपालिकाकाे सभाहलमा  नापी कार्यालय सुनसरीले जग्गा धनी  दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रमकाे आयाेजना गरि कोशी गाउँपालिका वडा नं-१ साविक लौकही गाविस वडा नं-६ को कित्ता नं-५ र वडा नं-८ को कित्ता नं-५५ को गाउँ ब्लक अन्तर्गत नापी कार्यालय सुनसरीका प्रमुख  संजिव साह तथा काेशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले विगत ५४ बर्षदेखि भूमिहिन रहेका ९१ जनालाई उक्त पुर्जा वितरण गरेका थिए ।

सानैदेखि जग्गा धनी  दर्ता प्रमाण पुर्जा विहिन भएर बस्दै आएका वृद्धवृद्धाहरुले ५४ बर्षपछि उक्त पुर्जा पाउँदा निकै खुशी थिए । उनिहरुले उक्त पुर्जा नभएकाे कारणले आफू वसाेवमस गर्दै गरेकाे जग्गा सरकारले कुनबेला खाली गराएर आफुहरुलाई घर विहिन बनाउँछ कि? भन्ने त्रासले सताउथ्याे । उक्त पुर्जा पाउँनासाथ वृद्धवृद्धाहरुले खुशी थाम्न गाराे नै भयाे जस्तो लाग्याे। उनिहरु निकै खुशी भएर सभाहल बाहिर उक्त पुर्जा हेर्दै मुस्कुराई रहेका थिए ।

काेशी गाउापालिका निवासी असाेक कुमार मण्डलले आफ्नाे जन्म पनि नभएकाे अवस्था देखि जग्गा धनी  दर्ता प्रमाण पुर्जा विहिन रहेकाे समस्या आफ्ना परिवारले झेल्दै आइरहेकाे थियाे र विभिन्न कठिनाईका वावजुद लामाे सामयदेखि कडा परिश्रम पछि उक्त पुर्जा पएकाे बताए। उनले नापी कार्यालय सुनसरीका सम्पूर्ण कर्मचारी तथा काेशी गाउँपालिकाका अध्यक्ष लगायत उपाध्यक्ष र वडा अध्यक्षहरुलाई धन्यवाद समेत दिए ।
उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै  काेशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले धेरै संघर्षपछि पाउन सफल भएकाे उक्त जग्गा जतिसुकै समस्या आएपनि नबेच्न आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा नापी कार्यालय सुनसरीले उक्त पुर्जा वितरणमा काेशी गाउँपालिकाले पुर्याएकाे सहयाेगकाे कदर गर्दै काेशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीलाई नापी प्रमुख संजिव साहले प्रशंसापत्र प्रदान गरेका थिए ।

त्यस्तै काेशि गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले नापी कार्यालय सुनसरीका प्रमुख साह सहित कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान एरेका थिए ।
उक्त कर्यक्रममा प्रमुख अतिथि काेशी गाउँपालिकाका अध्यक्ष ऐयसव अन्सारी विशिष्ट काेशी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादव,अतिथि प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद सिटाैला,काेशी गाउँपालिका वडा नं-१का वडा अध्यक्ष साेभितलाल यादव लगायतकाे आतिथ्यता रहेकाे थियाे भने नापी कार्यालय सुनसरीका प्रमुख संजिव साहकाे अध्यक्षतामा तथा काेशी गाउँपालिकाकाे सहयाेगमा उक्त कार्यक्रम सम्पन्न भएकाे थिमाे ।

 

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० 0६:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid