May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

५४ वर्षपछि ९१ जनाले पाए जग्गा धनी दर्ता प्रमाण पुर्जा

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० 0६:५७
५४ वर्षपछि ९१ जनाले पाए जग्गा धनी दर्ता प्रमाण पुर्जा

गनेश कुमार यादव
इनरुवा । सुनसरीको काेशी गाउँपालिकाका ९१ जनाले ५४ बर्षपछि जग्गा धनी  दर्ता प्रमाण पुर्जा पाएका छन् ।

काेशी गाउँपालिका वडा नं-६,५,८ का जग्गा धनी  दर्ता प्रमाण पुर्जा विहिन ९१ जनाले शनिबार उक्त पुर्जा पाएका हुन् ।

काेशी गाउँपालिकाकाे सभाहलमा  नापी कार्यालय सुनसरीले जग्गा धनी  दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रमकाे आयाेजना गरि कोशी गाउँपालिका वडा नं-१ साविक लौकही गाविस वडा नं-६ को कित्ता नं-५ र वडा नं-८ को कित्ता नं-५५ को गाउँ ब्लक अन्तर्गत नापी कार्यालय सुनसरीका प्रमुख  संजिव साह तथा काेशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले विगत ५४ बर्षदेखि भूमिहिन रहेका ९१ जनालाई उक्त पुर्जा वितरण गरेका थिए ।

सानैदेखि जग्गा धनी  दर्ता प्रमाण पुर्जा विहिन भएर बस्दै आएका वृद्धवृद्धाहरुले ५४ बर्षपछि उक्त पुर्जा पाउँदा निकै खुशी थिए । उनिहरुले उक्त पुर्जा नभएकाे कारणले आफू वसाेवमस गर्दै गरेकाे जग्गा सरकारले कुनबेला खाली गराएर आफुहरुलाई घर विहिन बनाउँछ कि? भन्ने त्रासले सताउथ्याे । उक्त पुर्जा पाउँनासाथ वृद्धवृद्धाहरुले खुशी थाम्न गाराे नै भयाे जस्तो लाग्याे। उनिहरु निकै खुशी भएर सभाहल बाहिर उक्त पुर्जा हेर्दै मुस्कुराई रहेका थिए ।

काेशी गाउापालिका निवासी असाेक कुमार मण्डलले आफ्नाे जन्म पनि नभएकाे अवस्था देखि जग्गा धनी  दर्ता प्रमाण पुर्जा विहिन रहेकाे समस्या आफ्ना परिवारले झेल्दै आइरहेकाे थियाे र विभिन्न कठिनाईका वावजुद लामाे सामयदेखि कडा परिश्रम पछि उक्त पुर्जा पएकाे बताए। उनले नापी कार्यालय सुनसरीका सम्पूर्ण कर्मचारी तथा काेशी गाउँपालिकाका अध्यक्ष लगायत उपाध्यक्ष र वडा अध्यक्षहरुलाई धन्यवाद समेत दिए ।
उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै  काेशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले धेरै संघर्षपछि पाउन सफल भएकाे उक्त जग्गा जतिसुकै समस्या आएपनि नबेच्न आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा नापी कार्यालय सुनसरीले उक्त पुर्जा वितरणमा काेशी गाउँपालिकाले पुर्याएकाे सहयाेगकाे कदर गर्दै काेशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीलाई नापी प्रमुख संजिव साहले प्रशंसापत्र प्रदान गरेका थिए ।

त्यस्तै काेशि गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले नापी कार्यालय सुनसरीका प्रमुख साह सहित कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान एरेका थिए ।
उक्त कर्यक्रममा प्रमुख अतिथि काेशी गाउँपालिकाका अध्यक्ष ऐयसव अन्सारी विशिष्ट काेशी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादव,अतिथि प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद सिटाैला,काेशी गाउँपालिका वडा नं-१का वडा अध्यक्ष साेभितलाल यादव लगायतकाे आतिथ्यता रहेकाे थियाे भने नापी कार्यालय सुनसरीका प्रमुख संजिव साहकाे अध्यक्षतामा तथा काेशी गाउँपालिकाकाे सहयाेगमा उक्त कार्यक्रम सम्पन्न भएकाे थिमाे ।

 

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० 0६:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट