sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वैदेशिक रोजगारमा जाने र फर्केकाको सारथी बन्दै पौरखी नेपाल

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १३:0१
वैदेशिक रोजगारमा जाने र फर्केकाको सारथी बन्दै पौरखी नेपाल

रुपन्देही । खाडी मुलुकमा काम गर्न जाने कामदारहरुलाई कुनै शुल्क नलाग्नेगरी नेपाल सरकारले सम्झौता गरेको धेरै समय भइसकेपनि त्यो पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन । वैदेशिक रोजगारमा जानेहरु आफ्ना अधिकारबारे सचेत हुन नसक्दा रोजगार व्यवसायी र विचौलियाले उनीहरुसँग विभिन्न शीर्षकमा रकम उठाएर अनुचित लाभ लिइरहेका छन् ।

कामदार पठाउने नेपालसहित विभिन्न देशका प्रतिनिधिहरु बसेर कोलम्बोमा गरिएको हस्ताक्षरलाई यहाँका नियामक निकायले कार्यान्वयन गराउन सकेनन् भने रोजगारमा जानेहरुले पनि त्यसको अधिकार प्रयोग गर्न नसक्दा विचौलियाले अनुचित लाभ उठाइरहेका हुन् । रोजगारमा पठाउने देशका प्रतिनिधिले मात्र होइन रोजगारदाता देशका प्रतिनिधिहरुसमेत बसेर यसखालको सहमति गरेका छन् जसलाई एडीबी(आबुदावी संयन्त्र) भनेर बुझिन्छ ।

यो विषयमा सरोकारवालालाई सचेत बनाउन पौरखी नेपाल नामक संस्थाले रुपन्देही र सर्लाहीमा अभियान संचालन गरेको छ । संस्थाले यो विषयमा तयार गरेको उज्ज्वल सपना नामको एप्स बनाएको छ । पौरखीका अनुसार रुपन्देहीमा करिव ६ हजार बैदेशिक रोजगारमा जाँदै गरेका, गइसकेका र विद्यार्थीहरुवीच अभियान लिएर पुग्ने लक्ष्य लिइएको छ ।

लामो समय विदेशमा बसेर अनुभव संगालेका व्यक्तिहरुको संस्था हो पौरखी नेपाल । पौरखीले यही समस्या बुझेर सोही क्षेत्रका समस्या समाधान गर्न थालेको हो । वैदेशिक रोजगारीमा जाँदा भोग्नुपर्ने समस्याको निराकरण र फर्केपछि जीविकोपार्जनका लागि आवश्यक परामर्शका लागि पौरखी नेपालले आफ्नो काम थालेको छ ।

रुपन्देही र सर्लाहीलाई केन्द्रविन्दु मानेर उसले रोजगारीमा जानेलाई सचेतना तथा फर्केकालाई जीविकोपार्जनको परामर्श थालेको हो । रोजगारदाताले दिने सेवासुविधा र रोजगारीमा जानेहरुले पाउने अधिकारका विषय पौरखीले एप्ससमेत तयार गरेर सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

एप्समा रोजगारदाताले दिने सबैसुविधा मोबाइलबाट रोजगारीमा जानेले यहीँ टुंगाएर जानपाउने गरी हेर्न मिल्ने छ । यो एप्सको प्रयोगले रोजगारीमा जानेले कुन कम्पनीमा जाने, कति समय र तलब पाउने, शून्य लागतका बारेमा कसरी बुझ्ने तथा जाँदा आउने अफ्ठेरोलाई कसरी समाधान गर्ने सबै उल्लेख गरिएको हुन्छ । पौरखीले यसलाई उज्जवल सपना नामाकरण गरेको छ ।

यही विषयमा जानकारी दिन रुपन्देहीमा सरोकारवाला संस्था तथा सामाजिक अभियान्ताहरुवीच अन्तरक्रिया गरिएको छ । कार्यक्रममा वैदेशिक रोजगारीमा जाँदा प्रयाप्त जानकारी लिन नसक्दा धेरै समस्याहरु झेल्नुपरेको हुँदा त्यसका लागि सचेतना अभियान थाल्नुपर्ने कुरामा जोड दिइएको थियो ।

पौरखी नेपालका पूर्वअध्यक्ष एवं रणनीतिक सल्लाहाकार मञ्जु गुरुङले वैदेशिक रोजगारमा जाने र गएर फर्किकाहरुको अधिकारको लागि खासै काम हुन नसकिरहेको अवस्थामा आफ्नो संस्थाले त्यसमा पैरवीको काम गरेको बताइन् । उनले वैदेशिक रोजगारको क्षेत्रमा न्यायोचित भर्ना प्रक्रिया नै स्पष्ट नभएका कारण सहि सूचना पाउनु श्रमशक्तिको अधिकार भएको धारणा राखिन् ।

उनले सूचनाको अभावमा ठगिने प्रवृति धेरै रहेको उल्लेख गर्दै नीतिगत र संस्थागत कमजोरीले हुने ठगीमा बहुपक्षीय हस्तक्षेप जरुरी रहेको बताइन् । गुरुङले नेपाल सरकारसंग मिलेर आफूहरुले विशेषगरी वैदेशिक रोजगारीबाट फर्केका महिलालाई स्वदेशमै स्वरोजगार बनाउन र विदेशमा रहँदा सुरक्षाको प्रवन्ध मिलाउन अभियान थालिएको जानकारी दिइन् ।

संस्थाका प्रोजेक्ट अधिकृत मनिष केसीले श्रम क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गरी त्यसको न्यूनीकरणका लागि विशेषगरी वैदेशिक रोजगारीबाट फर्केका महिलाहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु गरेको बताए । पौरखीका अध्यक्ष सत्रकुमारी गुरुङले वैदेशिक रोजगारीको विकल्पमा ल्याएका सरकारी कार्यक्रमलाई महिलामाझ पुर्‍याउन अगुवा महिला परिचालन र सचेतना कार्यक्रमलाई प्राथमिकतामा राखेको र सबै क्षेत्रबाट यसको कार्यान्वयनको सुझाव आउनुपर्ने बताइन् । रुपन्देहीको विभिन्न स्थानीय तहका प्रतिनिधि तथा कार्यालयका प्रतिनिधिहरुले यो एप्स प्रयोगका बारेमा जनस्तरमा सूचना पुराउनुपर्ने बताएका थिए ।

यसैगरी वैदेशिक रोजगारीबाट दुःख गरी कमाएर ल्याएको रकम उत्पादनशील क्षेत्रमा खर्च नहुँदा भविष्य अन्योल भएपछि पौरखी नेपालले आप्रवासी महिलाहरूलाई उद्यमशीलतामा लगाउने प्रक्रिया थालेको हो ।

पौरखीकी सल्लाहकार मन्जु गुरुङले आफूले कमाएको रकमको सदुपयोग गर्ने र स्वदेशमा रोजगारी गरेर थप कमाउन सक्ने बनाउन लागेको बताइन् । ‘पटक–पटक वैदेशिक रोजगारीमा जाँदा पारिवारिक संरचना बिग्रने र व्यक्ति आफैंलाई पनि समस्या हुने रहेछ । त्यसैले विदेशको विकल्प स्वदेशमा काम गर्ने र कमाउने बनाउन लागेका हौं,’ उनले भनिन् ।

पछिल्लो समय तीन तहकै सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई लक्षित गरी सहुलियत कर्जा, उद्यम सञ्चालनमा प्राथमिकता, निर्ब्याजी ऋणलगायतका कार्यक्रम ल्याएका छन् । तर, सूचना र पहुँच अभावले धेरै महिलाले त्यस्तो सुविधा पाएका छैनन् ।

वैदेशिक रोजगारीबाट फर्केका महिलालाई सरकारी सुविधा लिनेबारे पनि सहजीकरण गरिने छ । पौरखीका अध्यक्ष सत्रकुमारी गुरुङले वैदेशिक रोजगारीको विकल्पमा ल्याएका सरकारी कार्यक्रमलाई महिलामाझ पुर्‍याउन अगुवा महिला परिचालन र सचेतना कार्यलाई अगाडि बढाएको बताइन् ।

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid