sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

थारू आयोगले योगदान गर्नेलाई गर्यो पुरस्कारबाट सम्मान

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १४:३७
थारू आयोगले योगदान गर्नेलाई गर्यो पुरस्कारबाट सम्मान

काठमाडौं।।

थारू आयोगले थारू समुदायका लागि योगदान गर्ने ४ जनालाई थारू रत्न पुरस्कारबाट सम्मान गरेको छ । बुधबार थारू आयोगले विशेष समारोहको आयोजना गरी तक्मासहितको सम्मान गरेको आयोगका अध्‍यक्ष विष्णु चौधरीले बताए ।

  • थारू आयोगले योगदान गर्नेलाई पुरस्कारबाट गर्यो सम्मान 
  • आयोगले पुरस्कारका निम्ति कार्यविधि बनाएर नामावली छनौट गरेको थियो 
  • डा. राज पाण्डेसहित ४ जना थारू रत्न र ७ जना थारू गौरवबाट सम्मानित

थारू रत्न पुरस्कार पाउनेमा स्वास्थ्य विधाअन्तर्गत भेरी अस्पतालका डा. राजन पाण्डे, थारू संस्कृतिविद् एवं अनुसन्धानकर्ता महेश चौधरी, सामाजिक अभियन्ता एवं अनुसन्धानकर्ता भुलाई चौधरी र महिला सशक्तीकरणअन्तर्गत सुनसरीमा रहेको फर्वाड माइक्रो फाइनान्स वित्तीय संस्था रहेका छन्।

डा. पाण्डे भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख हुन्। उनी थारू समुदायलाई मात्रै लाग्ने सिकलसेल एनिमियाको एकस्पर्टसमेत हुन्। उनी हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन-प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन भएका थिए।

त्यस्तै महेश चौधरीले थारू समुदायका अध्‍येता, कृषि विद् तथा अनुसन्धानमूलक किताबहरू प्रकाशन गरेका छन्। उनको नेपालको तराई तथा यसका भूमिपुत्रहरू, स्थविरहरुको प्राचीन इतिहास, हिडन ट्रेजर अप लो ल्याण्ड नेपाल(भाग-१र२) तथा र संस्कृतिलगायत पुस्तक प्रकाशित छ। उनी २०२८ सालमा प्रकाशित थारु भाषाको पहिलो पत्रिका ‘गोचाली’ का सम्पादकसमेत रहिसकेका छन्। हालै महेश चौधरीको निधन भएकाले उनको पुरस्कार पछि घरमै गएर पुरस्कार दिने आयोगका अध्‍यक्ष विष्णु चौधरीले जानकारी दिए ।

त्यस्तै समाजिक अभियन्ता एवं अनुसन्धानकर्ता भुलाई चौधरी थारू सांस्कृतिक विद्, थारू कल्याणकारिणीसभाका पुर्व महामन्त्री, थारू भसा साहित्य केन्द्र नेपालका अध्‍यक्ष हुन्। उनको ‘थारू संस्कृति’, हमर थारू भाषा यात्रा, थारू लोक संस्कृतिलगायतका पुस्तक प्रकाशित छन् । उनले थारू भाषा, जीवनको आशा नारा दिएर थारू भाषा, साहित्य र कलालाई समिश्रण गर्दै थारू समुदायमा भाषिक जागरण अभियान चलाउँदै आएका छन् ।

यस्तै भगवती चौधरी संस्थापक रहेको फर्वाड माइक्रो फाइनान्सले महिलाको उत्थान र आत्मनिर्भर बनाउनका निम्ति योगदान गरेको छ। सुनसरीमा रहेको फर्वाड माइक्रो फाइनान्सले २ सयभन्दा बढी महिलाहरूलाई रोजगारी दिएको छ ।

त्यस्तै थारू गौरव पुरस्कारअन्तर्गत ७ जना सम्मानित भएका छन्। जसअन्तर्गत खेल विधामा जयारानी थारू, साहित्य विधामा बमबहादुर चौधरी, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, पत्रकारिता विधामा डा. कृष्णराज सर्वहारी, पूर्वकमलरी उर्मिला चौधरी, कलाकारमा गीता चौधरी र राज कुश्मी रहेका छन्।

यसअघि थारू आयोगले पुरस्कारका निम्ति कार्यविधि बनाएर नामावली छनौट गरेको थियो।

 

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १४:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid