May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

प्राधिकरणले नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीको लियो स्पष्टीकरण

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १६:४१
प्राधिकरणले नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीको लियो स्पष्टीकरण

काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिरकणले तीन विषयमा स्पष्टीकरण सोधेको छ । प्राधिकरणले पदीय दायित्व पुरा नगरेको सम्बन्धमा तीन दिने स्पष्टीकरण सोधेको हो । प्राधिकरणले १७ चैतको निर्णय अनुसार र्याम्प सेफ्टी प्रोटोकल पालना नगरेको सन्दर्भमा २० चैतमा तालिम लिई सात दिन भित्र प्राधिकरणमा प्रमाणपत्र पेश गर्न निर्देशन दिएको थियो । सो प्रमाणपत्र नआएपछि नेवानिका अध्यक्ष स्पष्टीकरणको दायरामा आएका हुन् ।

साथै उनले अपरेसन डाइरेक्टरमा क्याप्टेन उद्धव घिमिरेलाई नियुक्त गरेको सन्दर्भमा समेत प्राधिकरणले स्पष्टीकरण मागेको छ । ११ अप्रिलका दिन काठमाडौं–हङकङ–काठमाडौं उडानमा रहेका प्रमुख वायुयान चालक आरके शेरचनलाई निलम्बन गरेको सन्दर्भमा समेत प्राधिकरणले प्रश्न उठाएको छ । प्राधिकरणले उडानका दौरान पाइलटमाथि कारवाही गर्दा उडान सुरक्षामा प्रतिकुल प्रभाव पपर्ने उल्लेख गरेको छ ।

 

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १६:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।