sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गोली प्रहारबाट साउदीमा नेपालीको मृत्यु

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १५:४४
गोली प्रहारबाट साउदीमा नेपालीको मृत्यु
  • २००४ देखि वाणिज्य दूतावासमा सुरक्षा गार्ड थिए सिंह ।
  • गोली प्रहारबाट उनको मृत्यु भएको हो ।
  • ६० वर्षीय नैन सिंहले ज्यान गुमाएको साउदीस्थित नेपाली राजदूतावास स्रोतले जानकारी दिएको छ ।

काठमाडौं ।।

साउदी अरबको जेद्दामा गोली लागेर मृत्यु भएका एक नेपालीको शव त्यहाँको अस्पतालमा राखिएको छ । जेद्दास्थित अमेरिकी महावाणिज्य दूतावासबाहिर गोली प्रहारबाट नेपाली सुरक्षा गार्डको मृत्यु भएको हो । यही असार १३ गते स्थानीय समयानुसार बेलुका करिब पौने ७ बजे भएको घटनामा बागलुङका ६० वर्षीय नैन सिंहले ज्यान गुमाएको साउदीस्थित नेपाली राजदूतावास स्रोतले जानकारी दिएको छ ।

सिंह महावाणिज्य दूतावासको सुरक्षामा खटिएका थिए । कार्यस्थलमै रहेका बेला उनलाई गोली लागेको थियो । गोली प्रहार गर्नेको विवरण सार्वजनिक गरिएको छैन । दूतावास स्रोतका अनुसार सिंह सन् २००१ देखि साउदीमा थिए । उनी २००४ देखि एक कम्पनीमार्फत अमेरिकी महावाणिज्य दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए ।

उनको मृत्युबारे परिवारलाई जानकारी गराइसकेको दूतावासले जनाएको । उनका एक छोरा साउदीकै रियादस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत छन् । “परिवारलाई जानकारी गराइसक्यौँ । उहाँका छोरा अमेरिकी दूतावास रियादमा कार्यरत हुनुहुन्छ,” जेद्दास्थित नेपाली नियोगका एक अधिकारीले बाह्रखरीसित भने “शव अस्पतालमा छ । आवश्यक प्रक्रिया पूरा भएपछि नेपाल पठाइन्छ ।”

शव नेपाल ल्याउन समय लाग्ने
सिंहको शव नेपाल ल्याउन अझै केही समय लाग्ने दूतावासले जनाएको छ । दूतावासका अनुसार सामान्य स्थितिमा साउदीमा मृत्यु भएका व्यक्तिको शव नेपाल ल्याउन २०-२५ दिन लाग्ने गरेको छ ।

सिंहको मृत्यु गोली प्रहारबाट भएको र घटनाको विस्तृत अनुसन्धानको प्रक्रिया पूरा गर्दा केही ढिलाइ हुन सक्ने ती अधिकारीले बताए ।

“सामान्य अवस्थामै यहाँबाट शव लैजान २०-२५ दिन लाग्छ । यो घटना अलि असहज हो । यसको विस्तृत अनुसन्धान हुन्छ । समय लाग्छ । त्यसपछि मात्र शव पठाउने प्रक्रिया सुरु हुन्छ,” ती अधिकारीले भने ।

कम्पनीले आफ्नै खर्चमा सिंहको शव नेपाल पठाउनेछ । “उहाँ कम्पनीमार्फत कार्यरत हुनुहुन्थ्यो । कम्पनीले आफ्नै खर्चमा शव पठाउँछ,” ती अधिकारीले भने, “त्यसका लागि दूतावासका तर्फबाट गर्नुपर्ने कोअर्डिनेस हामीले गर्छौँ-गरिरहेका छौँ ।”

ती अधिकारीका अनुसार घटनाको अनुसन्धान पूरा नहुन्जेल सिंहको शव अस्पतालमै रहनेछ । साउदीमा आजसम्म सार्वजनिक बिदा रहेको र त्यहाँको सरकारी पक्षले घटनाबारे अहिलेसम्म कुनै जानकारी नगराएको ती अधिकारीले बताए । आफूहरूले सिंह आबद्ध कम्पनी र महावाणिज्य दूतावासमार्फत जानकारी हासिल गरेको उनले बताए ।

“आजसम्म इदको बिदा छ । हाम्रो अफिसचाहिँ खुला हो । बिदा सकिएपछि घटना र अनुसन्धानबारे औपचारिक जानकारी पठाउँछन् होला,” ती अधिकारीले भने, “त्यसैले घटना के भएको हो भन्ने स्पष्ट छैन । अनुसन्धान साउदीकै सरकारी पक्षले गर्ने हो ।”

 

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १५:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid