sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सांसदले देउवालाई दिए बजेट संशोधनको चेतावनी

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १६:४७
सांसदले देउवालाई  दिए बजेट संशोधनको चेतावनी
  • सुदूरपश्चिम प्रदेशका सत्तारुढ सांसदहरुले देउवालाई भेटेर राखे बजेट संशोधनको माग
  • नागरिक उन्मुक्ति पार्टीका सांसदहरु पुगे देउवा निवास 

धनगढी ।।

सुदूरपश्चिम प्रदेशका सत्तारुढ सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बजेट संशोधनको माग राखेका छन् । गत १ असारमा सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्ट सत्तारुढकै सांसदहरुले सभापति देउवासँग संशोधनको माग राखेका छन् । सभापति देउवासँग उनीहरुले यथास्थितिमा बजेट पारित गर्न नसकिने अडान लिएको एक प्रदेशसभा सदस्यले बताए । बजेट संशोधनको माग राख्न कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरु देउवा निवास पुगेका थिए ।

सभापति देउवाले असन्तुष्ट प्रदेशसभा सदस्यहरुलाई पुरक बजेट ल्याएर माग सम्बोधन गरिने आश्वासन दिएको ती नेताले बताए । देउवालाई भेट्नु अगाडि असन्तुष्ट प्रदेशसभा सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायतलाई भेटेर बजेट संशोधनको माग राखिसकेका छन् । केही प्रदेशसभा सदस्यले गत १२ असारमा पनि सभापति देउवालाई भेटेर बजेट संशोधन गरिनुपर्ने बताएका थिए ।

यसपटक भने प्रदेशका सभामुखसहितको टोली काठमाडौं आएको हो । प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिको अन्तर प्रदेश भ्रमणका क्रममा यो टोली काठमाडौं आइपुगेको हो । ‘भ्रमणको सिलसिलामा गएका बेला उहाँ (सांसद) हरु सँग शीर्ष नेताहरुसँग भेटघाट भएको हो । त्यही क्रममा बजेटका विषयमा पनि कुरा उठेको थियो’, सभामुुख भीमबहादुर भण्डारीले भने ।

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १६:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid