May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

सांसदले देउवालाई दिए बजेट संशोधनको चेतावनी

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १६:४७
सांसदले देउवालाई  दिए बजेट संशोधनको चेतावनी
  • सुदूरपश्चिम प्रदेशका सत्तारुढ सांसदहरुले देउवालाई भेटेर राखे बजेट संशोधनको माग
  • नागरिक उन्मुक्ति पार्टीका सांसदहरु पुगे देउवा निवास 

धनगढी ।।

सुदूरपश्चिम प्रदेशका सत्तारुढ सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बजेट संशोधनको माग राखेका छन् । गत १ असारमा सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्ट सत्तारुढकै सांसदहरुले सभापति देउवासँग संशोधनको माग राखेका छन् । सभापति देउवासँग उनीहरुले यथास्थितिमा बजेट पारित गर्न नसकिने अडान लिएको एक प्रदेशसभा सदस्यले बताए । बजेट संशोधनको माग राख्न कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरु देउवा निवास पुगेका थिए ।

सभापति देउवाले असन्तुष्ट प्रदेशसभा सदस्यहरुलाई पुरक बजेट ल्याएर माग सम्बोधन गरिने आश्वासन दिएको ती नेताले बताए । देउवालाई भेट्नु अगाडि असन्तुष्ट प्रदेशसभा सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायतलाई भेटेर बजेट संशोधनको माग राखिसकेका छन् । केही प्रदेशसभा सदस्यले गत १२ असारमा पनि सभापति देउवालाई भेटेर बजेट संशोधन गरिनुपर्ने बताएका थिए ।

यसपटक भने प्रदेशका सभामुखसहितको टोली काठमाडौं आएको हो । प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिको अन्तर प्रदेश भ्रमणका क्रममा यो टोली काठमाडौं आइपुगेको हो । ‘भ्रमणको सिलसिलामा गएका बेला उहाँ (सांसद) हरु सँग शीर्ष नेताहरुसँग भेटघाट भएको हो । त्यही क्रममा बजेटका विषयमा पनि कुरा उठेको थियो’, सभामुुख भीमबहादुर भण्डारीले भने ।

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १६:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट