May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

वरिष्ठ नेतामा गोपालमान र डा. शेखर कोइरालाको प्रतिस्पर्धा

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १४:१0
वरिष्ठ नेतामा गोपालमान र डा. शेखर कोइरालाको प्रतिस्पर्धा
  • नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको वरिष्ठ नेतामा दाबी
  • श्रेष्ठले आफूलाई वरिष्ठ नेता बनाउन दबाव
  • डा. शेखर कोइराला पनि वरिष्ठमा उठ्ने सम्भावना 
     

काठमाडौं ।।

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको वरिष्ठ नेतामा दाबी गरेका छन् । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता तोकेका छैनन् । केन्द्रीय कार्यसमितिको बैठक अगाडि श्रेष्ठले आफूलाई वरिष्ठ नेता बनाउन दबाव बढाएका हुन्।


बैठकको अघिल्लो दिन आइतबार देउवाले बोलाएको परामर्श बैठकमा पनि नेताहरुले श्रेष्ठको विषय उठाएका थिए । ‘मभन्दा सिनियर अरु छैन । गिरिजाप्रसाद कोइराला सभापति भएको बेला उपसभापति र शेरबहादुर देउवा सभापति भएको बेला कार्यबाहक चलाएको हुँ’, श्रेष्ठले भने, ‘वरिष्ठ नेतामा मेरो स्वभाविक दाबी हो ।’

सभापति देउवाले अघिल्लो कार्याकालमै वरिष्ठ नेता बनाउने आश्वासन दिएपनि पूरा नभएको समेत उनको गुनासो छ । नेता श्रेष्ठले भने, ‘हिजो पनि साथीहरुले तत्काल तोक्नुस् भन्नुभएको हो, तर उहाँले केही दिन कुर्नुस् भन्नुभएको छ ।’

संस्थापन इतर समूहका नेताहरुले १४औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेर ४० प्रतिशत मत पाएका डा. शेखर कोइरालालाई वरिष्ठ नेता तोक्न मत राख्दै आएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।