April 7, 2025 | सोमवार, चैत्र २५, २०८१
सुचनाहरु
रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

पासपोर्ट र्याङकिङमा नेपाल छैटौँ स्थानमा

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १४:0१
पासपोर्ट र्याङकिङमा नेपाल छैटौँ स्थानमा
  • पासपोर्टको र्याङकिङ सूचकांक सार्वजनिक
  • विश्वका १९९ पासपोर्टमध्ये कुन पासपोर्टले कति देशमा फ्रि भिसा र भनेकै बेला भिसा लाग्छ भन्ने बारे 
  • २२७ विभिन्न देश तथा स्थानको भ्रमण सूची सूचकांक तयार
  • नेपाल अन्तिमबाट छैटौँ स्थानमा
  • एक नम्बरमा सिंगापुर

काठमाडौं ।।

विश्वका विभिन्न देशको पासपोर्टको र्याङकिङ गर्ने हेन्ले एन्ड पार्टनर्सको नयाँ पासपोर्ट सूचकांक सार्वजनिक भएको छ । हेन्ले एन्ड पार्टनर्सको पासपोर्ट सूचकांक इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) को १८ वर्षको तथ्याङ्कमा आधारित छ ।

यसले विश्वका १९९ पासपोर्टमध्ये कुन पासपोर्टले कति देशमा फ्रि भिसा र भनेकै बेला भिसा पाएर प्रवेश गर्न सकिन्छ भन्ने आधारमा सूचकांक तयार पार्ने गर्छ । यसले २२७ विभिन्न देश तथा स्थानको भ्रमण सूची सूचकांक तयार पार्न प्रयोग गरेको छ ।

सोअनुसार नेपाल अन्तिमबाट छैटौँ स्थानमा रहेको छ । समग्रमा १०३ मध्ये ९८औँ स्थानमा रहेको नेपालको पासपोर्टले ३८ देश तथा क्षेत्रमा प्रवेश पाउन सकिन्छ । नेपालकै जत्तिको बलियो पासपोर्ट प्यालेस्टाइन क्षेत्रको समेत रहेको छ ।

सबैभन्दा अन्तिममा अफगानिस्तानको पासपोर्ट रहेको छ । जसले २७ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ । एक नम्बरमा रहेको सिंगापुरको पासपोर्टले १९२ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ । १९० देश प्रवेश पाउने जमर्नी, इटाली र स्पेनको पासपोर्ट दोस्रो स्थानमा छन् ।

दक्षिण कोरिया र जापानको १८९ देशमा पहुँच पाउने पासपोर्ट तेस्रो स्थानमा छ । अमेरिकाको पासपोर्ट आठौँ स्थानमा रहेको छ भने यसले १८४ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ । ८० देश तथा क्षेत्रमा प्रवेश गर्न सकिने चीनको पासपोर्ट ६३औँ स्थानमा रहेको छ । ८०औँ स्थानमा रहेको भारतको पासपोर्टले ५७ ठाउँमा प्रवेश गर्न सकिन्छ ।

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्