sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रिय सभाका सदस्य ३५ र प्रतिनिधि सभामा २०१ हुनुपर्छ : प्रदीप पौडेल

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १४:३६
राष्ट्रिय सभाका सदस्य ३५ र प्रतिनिधि सभामा २०१ हुनुपर्छ : प्रदीप पौडेल
  • प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय हुनुपर्ने प्रदीप पौडेलको धारणा 
  • टिकट वितरणको व्यवस्था प्राइमरी निर्वाचन मार्फत मातहतका संरचनाले आफैं छान्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने

काठमाडौं ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय हुनुपर्ने धारणा पार्टी बैठकमा राखेका छन् ।केही संवैधानिक व्यवस्था संशोधनका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने उनले उल्लेख गरेका छन् । समावेशीताका आधारमा प्रतिनिधि सभा २०१ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न कांग्रेसले अगुवाई लिनुपर्ने उनले बताए । राष्ट्रिय सभाका सदस्यको संख्या ३५ मा झार्नुपर्ने पौडेलको मत छ ।

पार्टीबाट प्रधानमन्त्री र मुख्यमन्त्री दुईपटक भन्दा बढी हुन नपाउने व्यवस्था राख्नुपर्ने पौडेलको धारणा थियो । एउटा व्यक्तिले चारपटक भन्दा बढी टिकट नपाउने प्रावधान पार्टीमा राख्नुपर्ने पौडेलको मत थियो । पार्टीभित्रको समस्या उल्लेख गर्ने क्रममा नेता पौडेलले भने ‘पार्टीको स्वास्थ्य समस्या सिटामोलले हल हुने जस्तो देखिन्न् । कतिपय अवस्थामा यसको सर्जरीकै आवश्यकता छ ।’

११ महिनामा बैठक बसेकाले खुसी प्रकट गर्न नसक्ने भन्दै उनले आगामी दिनमा यस्तो नहोस् भनि आग्रह गरे । मास बेस्ड पार्टी कांग्रेस भएकाले सदस्यता खोज्नेले पाउनुपर्ने बताए । महामन्त्रीले खुला गरेको सदस्यता क्रियाशील नभएर साधारण सदस्यता रहेको उल्लेख गर्दै उनले दुईप्रकारका सदस्यता अन्त्यको माग गरे । ‘सदस्यता जसले खोजेको हुन्छ, त्यसले पाउनुपर्ने मास बेस्ड पार्टीमा हुनुपर्दछ,’ पौडेलले भने ।

टिकट वितरणको व्यवस्था प्राइमरी निर्वाचन मार्फत मातहतका संरचनाले आफैं छान्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने मत उनले राखे ।

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १४:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid