April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा?

गगनलाई संसदीय दलको नेता बन्ने चाहना नराख्न मिनेन्द्रको सुझाव

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १३:३२
गगनलाई संसदीय दलको नेता बन्ने चाहना नराख्न मिनेन्द्रको सुझाव
  • महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्न सुझाव
  • कांग्रेसको बैठक यसपटक प्रत्यक्ष प्रशारण भए पनि सधैं हुन नसक्ने
  • बैठक कसरी सञ्चालन गर्न अरुको पनि परामर्श लिनुपर्ने 

काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्न सुझाव दिएका छन् ।आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सभापति शेरबहादुर देउवा र महामन्त्री थापाको चाहना २०८४ मा पार्टी कसरी राम्रो बनाउने भन्नेमा नै रहेको भन्दै उनले तर केही विषयमा कुरा नमिलेको बताए ।

‘महामन्त्री थापालाई सुझाव । सभापतिजी पनि चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो बनोस्, बलियो बनोस्, महामन्त्री पनि चाहनुहुन्छ २०८४ सम्म यति गरौं कि २०८४ पछि मज्जैले अगाडि लैजान सकौं भनेर’, उनले भने, ‘कहाँनेर इन्ट्रेस्ट मिलेन भने, खोज्दै जाँदाखेरि संसदीय दलको खनायो छ नि त्यतातिर मन नडुलाए सभापति र महामन्त्रीको ध्यान एकैतर्फ हुन्छ जस्तो लाग्यो ।’

६ पुस २०७९ मा भएको संसदीय दलको चुुनावमा सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई पराजित गरेका थिए । पछिल्ला केही सार्वजनिक अभिव्यक्तिमा थापाले आफू संसदीय दलको नेता बदल्न अझै लाग्ने र शक्ति पुगेको दिन बदल्ने बताउँदै आएका छन् ।

केन्द्रीय सदस्य रिजालले कांग्रेसको बैठक यसपटक प्रत्यक्ष प्रशारण भए पनि सधैं हुन नसक्ने बताए । यसपटक लाइभ गरेर सभापतिले ‘हात्ती सबैले छाम्न पाउन्’ भनेर लाइभ गरेको हुन सक्ने बताए । ‘हात्ती राम्रै छ सबैले छाम्न पाउन् देख्न पाउन् भनेर यो बैठक लाइभ भएको होला । एउटा समयपछि यसको उपादेयता पनि कम हुन्छ भन्ने मलाइ लाग्छ’ डा. रिजालले भने ।

बैठक कसरी सञ्चालन गर्ने भन्ने सभापतिको अधिकारको कुरा भए पनि यस विषयमा सभापतिले अरुको पनि परामर्श लिनुपर्ने उनले बताए ।

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १३:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट