June 5, 2023 | सोमवार, जेष्ठ २२, २०८०
सुचनाहरु
काँकरभिट्मा सशस्त्र प्रहरी र महिला व्यापारीबिच हात हालाहाल सर्वोच्चको आदेश : संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर वार्षिक १० हजारलाई रोजगारी दिने बन्यो नीति पूर्वमहान्यायाधिवक्ताहरु अभियुक्तको प्रतिरक्षामा अवरोधपछि बैठक भोलिसम्म स्थगित मानव अधिकार आयोग : छुवाछूत गर्नेलाई कारबाही हुन्छ प्रधानमन्त्रीले भारतबाट राँगा ल्याउने सम्झौता यस्तो शरणार्थी प्रकरणको आदेश आउन समय लाग्ने सुनकोसीमा खस्दा यसरी बाँचे गाडी चालक रास्वपाका उपनेताले गरे डेंगीबारे संकल्प प्रस्ताव दर्ता सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने तयारीमा राष्ट्रिय योजना आयोगमा सदस्य ढुंगानाले पाइन जिम्मेवारी राष्ट्रको शीर झुकाएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्छ : प्रमुख सचेतक गिरी सरकारले जे गरेपनि दर्शक बनेर हेरेर नबस्ने : रास्वपा अर्थ मन्त्रालयले करमा स्पष्ट पारेपछि उच्च अंकले बढ्यो नेप्से रायमाझी र खाँण अदालतमा उपस्थित बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयकको तीन दलले गरे विरोध सेयर लगानीकर्ताको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्ति कर हुने : अर्थमन्त्रालय प्रतिनिधिसभाको बैठक अझै सुरु हुन नदिने

झापा जिल्ला कराते महासंघको अध्यक्षतामा: जगन कार्की दुवार्सा

  • साझा परिवेश
  • शनिबार, फाल्गुन २७, २०७९ १७:३२
झापा जिल्ला कराते महासंघको अध्यक्षतामा: जगन कार्की दुवार्सा

काठमाडौँ । अभिषेक दवाडी 

झापामा उपलब्ध कराते संघहरुले सितेरियो कराते प्रशिक्षक एवंम झापा जिल्ला खेलकुद विकास समितिका प्रवक्ता जगन कार्की दुवार्साको अध्यक्षतामा झापा जिल्ला कराते महासंघ सर्वसम्मत रुपमा गठन भएको छ ।

झापामा करातेअन्तर्गत सितेरियो, वादोकाइ र वादरियोका छुट्टाछुट्टै संघ थिए । केन्द्रमा राष्ट्रिय खेलकुद परिषदले सबै संघ विघटन गरी नेपाल कराते महासंघ बनाएपछि जिल्लामा पनि संघहरु मिलेर महासंघ निर्माण गरिएको हो ।

कोसी प्रदेशको प्रतिनिधित्व गर्दै झापाका कराते प्रशिक्षक मिलनराज प्रसाईं केन्द्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए भने आउदै गरेको ११/१२ र १३ गते चितवनमा हुन्  गैरहेको कार्यक्रमलाइ सहजीकरण गर्ने उदेस्यले उक्त नेपाल कराते महासंघ अन्तर्गत झापा जिल्ला समिति गठन भएको हो ।

आज बिर्तामोडमा झापा जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रमको आयोजना गरी नवगठित झापा जिल्ला कराते महासंघमा पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।

नवगठित महासंघ झापाको उपाध्यक्षमा सञ्जीत मोहोली, सचिवमा सञ्जय शाह, कोषाध्यक्षमा रेनुका राई र सहसचिवमा जीवन राई चयन भएका छन् भने

त्यस्तै, सदस्यहरुमा वादोरियोबाट दुर्गाचरण राजवंशी, वादोकाइबाट विकास गौतम चयन भएका छन् ।

अन्य सदस्यहरु सितेरियोबाट हरि बस्नेत, राम पाठक, आशिष राई, राजेन्द्र लिम्बू, एलिजा घिमिरे र विक्रम मेचे चयन भएका हुन् ।

त्यस्तै, झापाको प्रतिनिधित्व गर्दै महासंघ कोसी प्रदेशको उपाध्यक्षमा वरिष्ठ प्रशिक्षक शौरभ प्रधान र सदस्यमा रेनुका राई निर्वाचित भएका छन् ।

 

समिति अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा करातेका पूर्वखेलाडी तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले युवाहरुलाई लागुऔषधबाट टाढा राख्न खेलकुदका गतिविधिमा प्रोत्साहन गर्नुपर्ने बताए ।

कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ कराते प्रशिक्षक कालु मेचे लगायतले शुभकामना व्यक्त गरेका थिए भने,  रास्ट्रय खेलकुद परिसदका  सहायक कराते प्रशिक्षक कृष्ण कुमार बसनेतले जानकारी दिनु भंयो ।

  • साझा परिवेश
  • शनिबार, फाल्गुन २७, २०७९ १७:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।