sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सेवन गर्नेले ‘रक्सी सेवन कार्ड’ अनिवार्य लिनुपर्ने

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १६:४३
सेवन गर्नेले ‘रक्सी सेवन कार्ड’ अनिवार्य लिनुपर्ने
  • सेवन गर्नेहरूले अनिवार्य ‘रक्सी सेवन कार्ड’ लिनुपर्ने
  • गाउँसभाले सर्वसम्मत पारित गर्यो 

काठमाडौं ।।

जुम्लाको गुठिचौर गाउँपालिकाले मदिरा सेवन गर्नेहरूले अनिवार्य ‘रक्सी सेवन कार्ड’ लिनुपर्ने नियम बनाएको छ । गाउँपालिकाले भदौ १ गतेबाट लागु हुने गरी मदिरा (रक्सी) नियन्त्रण कार्यविधि, २०८० ल्याएको हो । कार्यविधि अनुसार असार ३१ गतेको गाउँसभाले सर्वसम्मत पारित गरेको थियो ।

अब मदिरा सेवन गर्न चाहनेहरूले भदौ १ अगाडि नै ‘रक्सी सेवन कार्ड’ लिनुपर्ने छ । अन्यत्रबाट आएका मदिरा सेवन गर्न चाहने पाहुनाले ‘अतिथि रक्सी सेवन कार्ड’ लिनुपर्ने छ ।

रक्सी सेवनकर्ताले दैनिक १८० मिलि र बियर भएमा एक बोतलमा मात्र सेवन गर्न पाउने छन् । त्यतिमात्र होइन उनीहरूले रक्सी पिएबापत गाउँपालिकालाई वार्षिकरूपमा ५०० रुपैयाँ शुल्क तिर्नुपर्ने छ । कार्डका लागि थप ५०० रुपैयाँ तिर्नुपर्ने छ । अतिथि कार्डबापत प्रत्येक दिन १०० रुपैयाँका दरले शुल्क लाग्ने छ ।

मदिरा बिक्री गर्ने समय पनि छुट्याइएको छ । होलसेल विक्रेताले बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मात्र मदिरा बिक्री गर्न पाउने छन् । फुटकर विक्रेताले बेलुकी ६ बजेदेखि राति ९ बजेसम्म मात्रै मदिरा बिक्री वितरण गर्न पाउने छन् ।

मदिरा सेवन गरी समुदायमा होहल्ला, शान्ति भंग हुने क्रियाकलाप गरेमा पहिलोपटक एकहजार रुपैयाँ जरिबाना गरिने छ । त्यसपछि दुई हजारका दरले जरिबाना बढ्दै जाने छ ।

त्यसैगरी मदिरा बिक्री वितरणकर्ता, ओसारपसारकर्ता र उत्पादनकर्ताले कार्यविधिको उल्लंघन गरेमा पहिलोपटक १० हजार जरिबाना गरिने छ । त्यसपछि २० हजारका दरले वृद्धि गरिने छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid