May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

सेवन गर्नेले ‘रक्सी सेवन कार्ड’ अनिवार्य लिनुपर्ने

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १६:४३
सेवन गर्नेले ‘रक्सी सेवन कार्ड’ अनिवार्य लिनुपर्ने
  • सेवन गर्नेहरूले अनिवार्य ‘रक्सी सेवन कार्ड’ लिनुपर्ने
  • गाउँसभाले सर्वसम्मत पारित गर्यो 

काठमाडौं ।।

जुम्लाको गुठिचौर गाउँपालिकाले मदिरा सेवन गर्नेहरूले अनिवार्य ‘रक्सी सेवन कार्ड’ लिनुपर्ने नियम बनाएको छ । गाउँपालिकाले भदौ १ गतेबाट लागु हुने गरी मदिरा (रक्सी) नियन्त्रण कार्यविधि, २०८० ल्याएको हो । कार्यविधि अनुसार असार ३१ गतेको गाउँसभाले सर्वसम्मत पारित गरेको थियो ।

अब मदिरा सेवन गर्न चाहनेहरूले भदौ १ अगाडि नै ‘रक्सी सेवन कार्ड’ लिनुपर्ने छ । अन्यत्रबाट आएका मदिरा सेवन गर्न चाहने पाहुनाले ‘अतिथि रक्सी सेवन कार्ड’ लिनुपर्ने छ ।

रक्सी सेवनकर्ताले दैनिक १८० मिलि र बियर भएमा एक बोतलमा मात्र सेवन गर्न पाउने छन् । त्यतिमात्र होइन उनीहरूले रक्सी पिएबापत गाउँपालिकालाई वार्षिकरूपमा ५०० रुपैयाँ शुल्क तिर्नुपर्ने छ । कार्डका लागि थप ५०० रुपैयाँ तिर्नुपर्ने छ । अतिथि कार्डबापत प्रत्येक दिन १०० रुपैयाँका दरले शुल्क लाग्ने छ ।

मदिरा बिक्री गर्ने समय पनि छुट्याइएको छ । होलसेल विक्रेताले बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मात्र मदिरा बिक्री गर्न पाउने छन् । फुटकर विक्रेताले बेलुकी ६ बजेदेखि राति ९ बजेसम्म मात्रै मदिरा बिक्री वितरण गर्न पाउने छन् ।

मदिरा सेवन गरी समुदायमा होहल्ला, शान्ति भंग हुने क्रियाकलाप गरेमा पहिलोपटक एकहजार रुपैयाँ जरिबाना गरिने छ । त्यसपछि दुई हजारका दरले जरिबाना बढ्दै जाने छ ।

त्यसैगरी मदिरा बिक्री वितरणकर्ता, ओसारपसारकर्ता र उत्पादनकर्ताले कार्यविधिको उल्लंघन गरेमा पहिलोपटक १० हजार जरिबाना गरिने छ । त्यसपछि २० हजारका दरले वृद्धि गरिने छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

छुटाउनुभयो कि?