April 14, 2025 | सोमवार, बैशाख २, २०८२
सुचनाहरु
आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने

पुरानै जाहेरीमा गौर घटना छानबिन गर्नु आपत्तिजनक : जसपा

  • साझा परिवेश
  • शुक्रबार, साउन २६, २०८० १६:३७
पुरानै जाहेरीमा गौर घटना छानबिन गर्नु आपत्तिजनक : जसपा
  • गौर हत्याकाण्डमा पाँचबुँदे सहमतिप्रति जसपाको गम्भीर आपत्ति
  • यसले शान्ति, स्थिरता र सद्भाव विथोल्ने दाबी
  • पुरानै जाहेरीलाई आधार बनाएर अगाडि बढ्यो भने पीडितले न्याय पाउँदैनन्

काठमाडौं ।।

जनता समाजवादी पार्टी (जसपा)ले आफैं सम्मिलित सरकारले गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग गरेको पाँचबुँदे सहमतिप्रति गम्भीर आपत्ति जनाएको छ ।

घटना लगतै राजनीतिक पूर्वग्रहका आधारमा दर्ता भएको जाहेरीकै आधारमा गौर घटनाको अनुसन्धान गर्ने सहमतिप्रति आफूहरुको विमती भएको जसपा नेताहरुले बताएका छन् । जसपाले घटनाको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठनको माग समेत गरेको छ ।

२७ जना माओवादी कार्यकर्ताको ज्यान जाने गरी ७ चैत २०६३ मा भएको घटनाका पीडितहरुले आन्दोलन थालेपछि गृह मन्त्रालयले २३ साउनमा पाँचबुँदे सहमति गरेको थियो । यसबाट झस्किएको जसपाले शुक्रबार पत्रकार सम्मेलन गरी सम्झौता विगतमा फोरम र मधेसी मोर्चासँग भएको सहमति विपरीत भएको र यसले शान्ति, स्थिरता र सद्भाव विथाल्ने दाबी गरेको छ ।

जसपाले तत्कालीन मधेशी मुक्ति मोर्चाका महासचिव प्रभु साह सहितको हठका कारण गौर घटना दाबी गरेको छ । ‘घटना पश्चात माओवादीका केही व्यक्तिलाई उक्साई उक्त दिन कार्यक्रमै उपस्थित नभएका तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतका व्यक्तिमाथि राजनीतिक पूर्वाग्रहका साथ बदनीयतपूर्ण ढंगले जाहेरी लिन लगाए’ जसपाले भनेको छ ।

अहिले सरकारले त्यही जाहेरीका आधारमा छानबिन अगाडि बढाउने भनेर गरेको सहमतिमा आफूहरुको आपत्ति रहेको जसपा प्रवक्ता मनिष सुमनले बताए । जसपा नेता राजकिशोर यादव भन्छन्, ‘त्यो जाहेरीलाई आधार बनाएर अगाडि बढ्यो भने पीडितले न्याय पनि पाउँदैनन्, सत्य तथ्य पनि बाहिर आउँदैन ।’

यो घटनाबारे राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघीय वअधिकार उच्चायुक्तको नेपाल कार्यालय (ओएनएचसीआर) का साथै सरकारले समेत छानबिन गरिसकेको भन्दै जसपाले प्रतिवेदनहरु सार्वजनिक गर्न समेत माग गरेको छ । मुख्य पात्रलाई लुकाएर अरुलाई बद्नाम गर्न खोज्नु खेदजनक रहेको भन्दै रेणु यादवले भनिन्, ‘सबै प्रतिवेदन सार्वजनिक होस्, सत्यतथ्य बाहिर आउनुपर्छ ।’

जसपा नेताहरुले गौर घटनाको छानबिन गर्ने हो भने संसदीय समिति बनाउनुपर्ने समेत बताएका छन् । ‘साच्चै छानबिन गर्ने हो भने हामी त तयार छौं’, जसपा नेता यादवले भने, ‘यसका लागि विश्वासिलो संसदीय आयोग बनाऔं ।’

सुन तस्करीमा एमालेले संसदीय छानबिन माग्दा राज्यका संयन्त्रलाई विश्वास गरौं भनेको जसपाले आफू मुछिएको घटनामा चाहिँ संसदीय समिति किन माग्यो भन्ने प्रश्नमा यादवले गौर घटना र सुन काण्डलाई एउटै आँखाले नहेर्न आग्रह गरे । उनले अघि भने, ‘गौर घटना राजनीति हो, यसको उच्चस्तरीय सर्वपक्षीय संसदीय आयोगले मात्र अनुसन्धान गर्न सक्छ ।’

सहमतिपछि जसपाका कतिपय नेताहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिन नेतृत्वलाई दबाव दिएका छन् । तर जसपा प्रवक्ता सुमनले भने आफ्नो दल सरकारमा रहने नरहने सरकार पक्षको व्यवहारमा भरपर्ने बताउँछन् ।

  • साझा परिवेश
  • शुक्रबार, साउन २६, २०८० १६:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट