May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य गिरीबन्धु प्रकरणबारे बालेन भन्छन्- तत्कालीन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ प्रधानमन्त्रीद्वारा कांग्रेसका शीर्ष नेतासँग छलफल सुरु कामीरिता शेर्पा आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथाको शिखरमा बैबाहिक बलात्कारसम्बन्धि आरोप लागेका गायक रबि ओडले गरे आत्मसमर्पण काठमाडौमा छुरा प्रहार गरि हत्या , ४ पक्राउ कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्छ पानी ?

बाँकेको बाल सुधार गृहबाट भागेका ९ जना गाएब

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १३:३२
बाँकेको बाल सुधार गृहबाट भागेका ९ जना गाएब
  • बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार
  • झडपका क्रममा ११ जना गम्भीर घाइते भए
  • सुधारगृहमा रहेका २४५ जना नियन्त्रणमा

 बाँके ।।

बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार छन् ।गएराति १० बजेबाट कैदीबन्दीबीच झडप सुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए । तीमध्ये २४५ जना नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी नारायण डाँगीले बताए ।

उनका अनुसार, बाँकी रहेका ९ जनाको खोजीका लागि प्रहरी परिचालित छ । झडपका क्रममा ११ जना गम्भीर घाइते भएका थिए । तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।कञ्चन गाउँपालिका–४, रुपन्देहीका सुलभ केसीको मृत्यु भएको डीएसपी डाँगीले बताए ।  केसी अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसुरमा सजाय काटिरहेका थिए ।

कैदीबन्दीहरुले सुधार गृहको भवनका रेलिङ, बार र पर्खाल भत्काएका छन् । प्रहरीका अनुसार, बालसुधार गृहमा पोशाकका प्रहरीको उपस्थिति हुँदैन । ‘सिभिलमा सीमित प्रहरी मात्र खटिन्छन्, सबै संस्थाले व्यवस्थापन गर्ने हो’, डाँगी भन्छन् ।यसअघि २ भदौमा भक्तपुरमा रहेको बाल सुधार गृहमा पनि तोडफोड गरेर कैदीबन्दीहरु भागेका थिए । भक्तपुरबाट सारिएका कैदीबन्दीले २७ भदौमा वीरगञ्जस्थित सुधार गृहमा पनि तोडफोड गरेका थिए ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १३:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट