sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अनुसन्धानको क्रममा नाम जोडिए महरा मात्र होइन, मलाई पनि हत्कडी लगाए हुन्छ : प्रधानमन्त्री

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० १४:५५
अनुसन्धानको क्रममा नाम जोडिए महरा मात्र होइन, मलाई पनि हत्कडी लगाए हुन्छ : प्रधानमन्त्री
  •  नाम जोडिए प्रचण्डले पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने
  • खोज्दै जाँदा नाम आएछ भने, महराजीको र उहाँका परिवारका सदस्यहरूलाई
  •  र मलाई पनि हत्कडी लगाएर थुने हुन्छ

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन् । सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले नाम जोडिए आफैंलाई हत्कडी लगाएर थुने हुन्छ भनेको बताएका हुन् ।

‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ’ प्रचण्डको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य युवराज चौलागाईंले भने, ‘खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु ।’

भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरुको पटक पटक टेलिफोन सम्पर्क देखिएको सीआईबीले जनाएको थियो ।

प्रचण्डले सम्बोधनको क्रममा आफ्नो पार्टी, आफ्नो परिवारको भनेर कसैलाई पनि नछाडिने बताए । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा नपरेको जिकिर गरे । ‘भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने कुरा विल्कुल सही होइन’ उनले भने, ‘सरकार विल्कुल ठिक ठाउँमा छ, सुरक्षित छ ।’

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० १४:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid