May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

७ वटा सवारीसाधन एकैठाउँमा ठोक्किएपछि…….

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १५:0३
७ वटा सवारीसाधन एकैठाउँमा ठोक्किएपछि…….
  • शव बोकेको जिपसहित सात वटा सवारी साधन एकै ठाउँमा ठोक्कियो 
  • २० जना घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर

चितवन ।।

चितवनको भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा शव बोकेको जिपसहित सात वटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ११ : ४० बजेको समयमा ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले विपरीत दिशामा रहेको शव बोकेको ना २ च ८४४६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिएपछि अनियन्त्रित हुँदा थप पाँच वटा मोटरसाइकल पनि ठोक्किएका थिए । प्रहरी चौकी गोन्द्राङबाट करिब ५०० मिटर दुरीमा भएको यो दुर्घटनामा १८ जना घाइते भएका र उनीहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक नवलपुरको गैंडाकोट नगरपालिका-९ बस्ने २६ वर्षीय आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा गम्भीर घाइते हुनेहरुमा चितवनको खैरहनी नगरपालिका ४ का अन्दाजी ६० वर्षीय कृष्ण बहादुर तामाङ, खैरहनी-१ का ८२ वर्षीय जितबहादुर तामाङ, रत्ननगर नगरपालिका-१४ का कुसुमबहादुर राना, रत्ननगर-९ का किशोर तामाङ, रत्ननगर-१४ का डोलबहादुर कार्की र ३८ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।

सोही दुर्घटनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४ का महोन तामाङको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसैगरी १२ जना घाइतेको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मध्यम घाइते हुनेहरुमा चितवनको रत्ननगर नगरपालिका-१४ का ४१ वर्षीय पुर लामा, सोही ठाउँका ५५ वर्षीय बुद्धिराम तामाङ, रत्ननगर-१६ का ४४ वर्षीय रेशम पोख्रेल, सोही ठाउँका ४७ वर्षीय दिलबहादुर घिसिङ र काठमाडौंको गोकर्ण-४ की ४८ वर्षीया तारा श्रेष्ठ रहेका छन् ।

यसैगरी नवलपुरको गैंडाकोट नगरपालिका-८ का ५१ वर्षीय लोकराज लामा, ३६ वर्षीय दिवेश शाक्य रत्ननगर-१४ का ५० वर्षीय आइतराम कामी, रत्ननगर-३ का ४४ वर्षीय गोपाल तामाङ, रत्ननगर-१४ का २६ वर्षीय पुष्प तामाङ, सोही ठाउँका ३८ वर्षीय कृष्ण लामा र रत्ननगर-३ का ४५ वर्षीय जीवन लामाको अवस्था पनि मध्यम छ । चितवनकै रत्ननगर नगरपालिका-१४ का ३३ वर्षीय शंकर परियारको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।