May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

स्वास्थ्य बीमा बोर्डको अध्यक्ष भए डा. लोहनी

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १६:0९
स्वास्थ्य बीमा बोर्डको अध्यक्ष भए डा. लोहनी
  • अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त
  • चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त 
  • स्वास्थ्य बीमा सुरु गर्दा कार्यकारी निर्देशक थिए लोहनी

काठमाडौं ।।

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तनहुँ निवासी डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । डा. लोहनी स्वास्थ्य मन्त्रालयबाट १२ औं तहबाट उमेरका आधारमा अवकास प्राप्त कर्मचारी हुन् ।

नेपालमा स्वास्थ्य बीमा सुरु गर्दाताका डा. लोहनी कार्यकारी निर्देशक थिए । गत २४ माघमा डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि सो पद रिक्त थियो । यसैगरी स्वास्थ्य मन्त्रालयकै प्रस्तावमा नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा महोत्तरी निवासी सुवोध कुमार शर्मालाई मनोनयन गर्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता शर्माले बताइन् ।

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट