May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द

पोखरामा ६ अर्ब लगानीमा यस्तो होटेल बन्दै

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १३:२३
पोखरामा ६ अर्ब लगानीमा यस्तो होटेल बन्दै
  • ‘बाराही सेदी’ले सर्वसाधारणका लागि सेयर पनि जारी गर्ने
  • पोखराको सेदीमा निर्माणाधीन पाँचतारे स्तरको होटेल
  • कम्तीमा १० प्रतिशत आइपीओ जारी गर्ने योजना

काठमाडौं ।।

पोखराको सेदीमा निर्माणाधीन पाँचतारे स्तरको होटेल ‘बाराही सेदी’ले सर्वसाधारणका लागि सेयर पनि जारी गर्ने भएको छ । पोखरा, काठमाडौं र चितवनमा ‘बाराही’ ब्राण्डमा होटेल तथा सिरोर्ट सञ्चालन गरिरहेको बाराही हस्पिटालिटीले नयाँ लक्जरी होटेल निर्माण गर्न लागेको कम्पनीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए ।

पोखराको फेवातालको दक्षिणी मोहडा नजिक निर्माणाधीन होटेलको ४६ प्रतिशत काम सकिइसकेको कम्पनीले जानकारी दिएको छ । थापाका अनुसार यो होटेलमा कुल ६ अर्ब लगानी हुने अनुमान छ । यसमा सर्वसाधारणको समेत स्वामित्व रहने गरी कम्तीमा १० प्रतिशत आइपीओ जारी गर्ने योजना रहेको समेत उनले बताए । ‘हामी यो होटललाई सन् २०२६ सम्म सञ्चालनमा ल्याउँछौं,’ उनले भने ।

होटलको ५१ प्रतिशत सेयर बाराही ग्रुपको रहने भएको छ । १० प्रतिशत आइपिओ जारी गर्ने र ३९ प्रतिशत प्रमोटर सेयर संकलन भइरहेको उनले जानकारी दिए ।

भीभीआइपी सुविधा सम्पन्न हुने

यो होटेल प्रोपर्टीलाई लगानीकर्ताहरुले सार्क सम्मेलन वा अन्तर्राष्ट्रिय स्तरको सम्मेलनका लागि उपयुक्त हुने गरी सुविधा सम्पन्न बनाउने योजना बनाएका छन् । थापाका अनुसार यहाँ १० वटा प्रेसिडेन्टल सुइट रुम रहने छन् । जसमा कम्तिमा १० जना राष्ट्रप्रमुख वा सो स्तरको सेवा आवश्यक पर्ने पाहुनाका लागि सुविधा उपलब्ध हुने उनले जानकारी दिए ।

‘नेपालमा सार्क सम्मेलन हुँदा पाहुनाका लागि सबैभन्दा राम्रो गन्तव्य पोखरा मानिन्छ,’ उनले भने, ‘तर भीभीआईपीका लागि आवश्यक स्तरको होटेल पूर्वाधार नहुँदा यो सम्भव भइरहेको छैन, अब यो अभाव हामी पूरा गर्ने योजनामा छौं ।’ क्यासिनोमा रहने होटलमा १२ सय जना क्षमताको सभाहल बन्ने भएको छ । उक्त हल निर्माणपछि यो नेपालका होटेलमा रहेको सबैभन्दा ठूलो सभाहल बन्ने थापाको दाबी छ ।

होटल ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ, जसमा १४० लक्जरी रूम, १० वटा प्रेसिडेन्सियल सुइट रुम, ११ वटा सर्भिस अपार्टमेन्ट रहने भएका छन् । कम्पनीले वातावणीय प्रभाव मूल्यांकन ९इआईए० तथा नक्सा पासको प्रक्रिया पूरा गरी होटलको भौतिक निर्माणको काम गरिरहेको थापाले बताए ।

सडकबाट लिफ्ट चढेर लबीमा पुग्ने सुविधा

यो होटेलमा फेवातालको किनारबाट पैदल यात्रा गर्दै जाँदा सडकबाटै लिफ्ट चढेर लबीमा पुग्न सकिने गरी पूर्वाधार बनाइने भएको छ । निर्देशक थापाका अनुसार लिफ्टबाट झरेपछि स्काईवाक ९सिसामा हिँडेर० होटेलको लबीसम्म पुग्ने गरी पूर्वाधार बन्ने भएको छ । गाडीबाट जानेहरु भने सडक हुँदै सिधै लबीमा पुग्न सक्नेछन् ।

४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गरेर आतिथ्य सेवामा आएको बाराहीले पोखरा, चितवन र काठमाडौंमा चार तारे स्तरको होटेल सञ्चालनमा ल्याइसकेको छ । बाराही सेदी उसको पहिलो पाँचतारे होटेल हुने बताइएको छ ।

बाराहीले चितवनमा बाराही जंगल लज, पोखरामा होटल बाराही, सराङकोट माउन्टेन लज, आभास पोखरा र बाराही काठमाडौं सञ्चालनमा ल्याएको छ । यस ग्रुपले पोखरामा व्यञ्जन रेस्टुरेन्ट र द बिच बार एन्ड लजसमेत चलाइरहेको छ ।

बाराहीले निकट भविष्यमा कागबेनी र लुम्बिनीमा समेत होटेल बिस्तारको योजना बनाइरहेको थापाले जानकारी दिए । ‘आर्थिक मन्दीको अवस्था नरहेको भए यी दुबै योजना पनि अगाडि बढिसकेका हुन्थे,’ उनले भने, ‘अब हामी उपयुक्त समयमा लगानी बिस्तार गर्नेछौं ।’

यसबाहेक बाराहीले अब विदेशमा समेत व्यवस्थापन बिस्तारको तयारी गरिरहेको उनले जानकारी दिए । ‘गैरआवासीय नेपालीले विदेशमा खोलेका धेरै होटेलमा व्यवस्थापनका लागि माग आइरहेको छ,’ उनले भने, ‘उपयुक्त समयमा निर्णय गर्छौं ।’

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १३:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।