May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

फागुन १ गतेदेखि विराटनगर महानगरमा कोभिड–१९ को फाइजर खोप

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १७:00
फागुन १ गतेदेखि विराटनगर महानगरमा कोभिड–१९ को फाइजर खोप

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र आगामी फागुन १ गतेदेखि कोभिड–१९ को फाइजर खोप लगाइने भएको छ ।

छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट फेला परेपछि जोखिम बढेको भन्दै महानगरले फागुन १ देखि ३ गतेसम्म ५० वर्षमाथिका उमेर समूहका व्यक्तिलाई खोप लगाउने भएको हो ।

दुईवटा खोप लगाइसकेका र खोप कार्ड भएका ५० वर्ष उमेर कटेकालाई खोप लगाइने महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए ।

कोभिडको जोखिम बाँकी नै रहेकाले खोप लगाउने तयारी गरिएको उनको भनाइ छ ।

महानगरअन्तर्गतका स्वास्थ्य चौकी र केन्द्रबाट फाइजर खोप लगाइनेछ । स्वास्थ्य मन्त्रालयबाट मोरङका लागि प्राप्त १० हजार खोपमध्ये ६ हजार फाइजर खोप विराटनगर महानगरलाई उपलब्ध गराइएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

जनघनत्व बढी भएका कारण विराटनगरमा ६ हजार डोज खोप उपलब्ध गराइएको मेहताले बताए ।

महानगरका सबै स्वास्थ्य चौकीबाट पहिलो चरणमा ५० वर्ष उमेर नाघेका र यसअघि दुईवटा खोप लगाइसकेका व्यक्तिहरुलाई फाइजर खोप लगाइने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए ।

यसैबीच, फागुन १३ देखि २२ गतेसम्म दादुरा–रुवेलाको खोप पनि लगाइने भएको छ । महानगरका खोप अधिकृत अमरदीप देवका अनुसार ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाउने तयारी भएको छ ।

बालबालिकाहरुलाई विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको देवले जानकारी दिए । खोपका विषयमा महानगरले शुक्रबार सरोकारवालासित छलफलसमेत गरेको छ ।

छलफलमा महानगरका प्रवक्ता सन्तोष न्यौपाने, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरे, १३ का सूर्यलाल यादवसहित विभिन्न वडाका अध्यक्ष, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार तथा योजना महाशाखा प्रमुख अर्जुन थापा, कानुन शाखा प्रमुख शारदा थपलिया, स्वास्थ्य महाशाखाका दिलीप यादवलगायतको उपस्थिति थियो ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १७:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।