sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कार्यक्रममा फोटो मिलाएर राख्ने एमालेको तयारी

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १४:४६
कार्यक्रममा फोटो मिलाएर राख्ने एमालेको तयारी
  • जीवित नेतामध्ये अध्यक्ष केपी शर्मा ओलीको मात्रै तस्वीर राख्न पाइने
  • पछिल्लो पार्टी सचिवालय बैठकमार्फत् एमालेले यस्तो निर्णय
  • विष्णु रिमालका अनुसार बिहीबार साँझ उक्त सर्कुलर जारी गरिने

काठमाडौं ।।

नेकपा एमालेले पार्टी र भ्रातृ संगठनका कार्यक्रममा आफ्ना जीवित नेतामध्ये अध्यक्ष केपी शर्मा ओलीको मात्रै तस्वीर राख्न पाइने गरी सर्कुलर गर्ने तयारी गरेको छ । पछिल्लो पार्टी सचिवालय बैठकमार्फत् एमालेले यस्तो निर्णय गरेको हो ।

अध्यक्ष ओलीले पार्टीको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा सार्वजनिक कार्यक्रम व्यवस्थापन सम्बन्धी सचिवालयको निर्णय सुनाएका थिए । उनले निर्णय सुनाए पनि एमालेले औपचारिक रुपमा सर्कुलर पठाउन बाँकी छ । पार्टी उपमहासचिव विष्णु रिमालका अनुसार बिहीबार साँझ उक्त सर्कुलर जारी गरिने छ ।

‘फोटोको मामिलामा भद्रगोल नै भयो, अब त अखिलको प्रारम्भिक कमिटी अध्यक्षले पनि कार्यक्रममा आफ्नो फोटो ठूलो पारेर राख्न थाले,’ रिमालले भने, ‘कोही नेता अतिथि भएर गए भने उसैको फोटो राखिदिने, म गएँ भने मेरै फोटो पनि ढलक्क ढल्काइदिइहाल्ने । यो त हुँदै भएन भनेर यस्तो निर्णय गरेका छौं ।’

एमालेले फोटो राख्ने क्रममा पहिलो तस्वीर र पुष्पलालको, दोस्रो मदन भण्डारीको, तेस्रो मनमोहन अधिकारीको राख्ने गर्छ । अब त्यसको चौथो क्रममा ओलीको राखिने पार्टी निर्णय छ ।

रिमालको  फेसबुकबाट 

– कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो          प्रयोग नगर्ने,

– मञ्चको प्रयोग वक्ताले मात्र गर्ने,

– अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने,

– कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने,

– कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने ।

उनीभन्दा अघि ओलीले फेसबुकमार्फत कार्यक्रम व्यवस्थापनबारे विभिन्न निर्णय गरेको खुलाएका छन् । ‘फेसबुक ट्वीटरमा मलाई प्राप्त म्यासेजहरुमा धेरैजना साथीहरुले कार्यक्रमहरुमा धेरैलाई आसन ग्रहण गराएर समय बर्बाद गर्नुभएन भन्ने सुझाव दिने गर्नु भएको थियो,’ उनले लेखेका छन्, ‘तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यस सम्बन्धी निर्णय गरेको छ । यसैगरी अब अनुहारै छोपिनेगरी खादा-माला र कोट भन्दा ठूला व्याज लगाउने प्रचलन पनि बन्द गर्नु पर्छ ।’

 

 

 

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १४:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid