April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे

चालु आर्थिक वर्षमै बढ्यो जग्गाको कारोबार

  • साझा परिवेश
  • आइतवार, भदौ ३, २०८० १५:३६
चालु आर्थिक वर्षमै बढ्यो जग्गाको कारोबार
  • चालु आर्थिक वर्षको पहिलो महिनामा घरजग्गाको बढ्यो कारोबार
  • गत असारको तुलनामा भने लिखत पारित

काठमाडौं ।।

चालु आर्थिक वर्षको पहिलो महिनामा घरजग्गाको कारोबार बढेको छ । साउनमा ३९ हजार २६३ लिखत पारित भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्‍क छ । २०७९ साउनमा ३३ हजार ८३४ लिखत पारित भएकोमा चालु आर्थिक वर्षको साउनमा लिखत पारित बढेको हो ।

गत आर्थिक वर्ष २०७९ र ८० मा आर्थिक वर्ष २०७८ र ७९ मा करिब ३८ प्रतिशतले जग्गाको किनबेच घटेको थियो । तर, चालु आर्थिक वर्षको पहिलो महिनामा भने जग्गाको कारोबार बढेको हो । तर, गत असारको तुलनामा भने लिखत पारित घटेको छ । असारमा ४४ हजार ४८५ लिखत पारित भएकोमा साउनमा घटेको हो ।

नयाँ आर्थिक वर्षको सुरु भएको र बर्खाको समय भएकोले साउनमा जग्गाको कारोबार घट्ने समयम पनि भएकोले साउनमा लिखत पारित गत असारको तुलनामा घटेको हो । आर्थिक वर्ष २०७८ र ७९ मा करिब ७ लाख ४५ हजार लिखत पास भएर घरजग्गाको कारोबार भएकोमा गत वर्ष यस्तो संख्या करिब ४ लाख ६३ हजारमा सीमित भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा भने जग्गाको लिखत पारित गत वर्षको सोही अवधिको तुलनामा बढेको छ । अन्तिम महिना असारमा ४४ हजार ४८५ वटा लिखत पास भएकोमा जेठमा लिखत ५५ हजार ६९ लिखत पारित भएको थियो । जेठमा गत आर्थिक वर्षकै सबैभन्दा धेरै लिखत पारित भएको हो ।

गत वैशाखमा ४२ हजार ४६१ र चैत महिनामा ४९ हजार १५० वटा जग्गाको लिखत पास भएको थियो । गत फागुनमा ४० हजार ७३४, माघ महिनामा ४१ हजार ८६, पुसमा ३८ हजार ८३१, मंसिरमा २९ हजार १८४, कात्तिकमा २७ हजार ९३९, असोजमा २५ हजार ७८९, भदौमा ३४ हजार ७२० र साउनमा ३३ हजार ७३४ लिखत पारित भएको थियो ।

साउनमा घरजग्गाको कारोबारबाट सरकारले करिब ३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा सकारले कुल २ अर्ब ९१ करोड ४ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गर्दा १ अर्ब १ करोड ३१ लाख ३३ हजार पूँजीगत लाभकरबाट राजस्व संकलन भएको हो ।

 

गत आर्थिक वर्षमा ४१ अर्ब १५ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तै आर्थिक वर्ष २०७८ र ७९ मा राजस्व संकलन ५७ अर्ब ६६ करोड ९९ लाख रुपैयाँ थियो । असारमा ४ अर्ब २७ करोड ४२ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएकोमा असारको तुलनामा साउनमा करिब १ अर्ब ३६ करोड रुपैयाँ राजस्व घटेको छ । तर, गत आर्थिक वर्षको साउनको तुलनामा भने राजस्व बढेको छ । २०७९ साउनमा २ अर्ब ७३ करोड ३७ लाख ४१ हजार रुपैयाँमा राजस्व संकलन भएको थियो ।

२३ जेठ, २०७९ जारी भएको भू-उपयोग नियमावलीले जमिनलाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र सरकारले तोकेको अन्य क्षेत्र भनेर वर्गीकरण गर्न सक्ने व्यवस्था गरेको थियो । २०७९ भदौदेखि कम्तीमा स्थानीय तहभित्र कृषि र गैरकृषि जमिन नछुट्याए जग्गा कित्ताकाट नहुने व्यवस्था गरेको थियो । स्थानीय तहले भू-उपयोग परिषद्‍बाट जमिनको वर्गीकरण नभएर जग्गाको कित्ताकाट गर्न नपाइने भएपछि धरै ठाउँमा जग्गाको कारोबार प्रभावित भएको थियो ।

गत वर्ष जग्गाको कारोबार नहुँदा व्यवसायीले लगानी त्यसमा फसेको भन्दै जगगाको कित्ताकाट खुलाउन दबाब बढाए । निजी क्षेत्रले लगानी जग्गामा फस्दा व्यावसायिक वातावरण बिग्रिएको बताउँदा जग्गाको कारोबारबाट हुने राजस्व खस्किंदा सरकारी वित्तको दबाबमा रहेको सरकार पनि झस्कियो । यही कारण देखाएर सरकारले गत वैशाखमा जग्गाको कित्ताकाट सहज बनाउन भू-उपयोग नियमावलीको संशोधन गर्ने निर्णय गरेपनि विभिन्न कारणले त्यसलाई कार्यन्वयन हुन सकेन ।

चालु आर्थिक वर्षको सुरुमा नै सरकारले जग्गाको कित्ताकाट खुकुलो बनाउन वर्गीकरण नगरी कित्ताकाट गर्नसक्ने गरी नियमावली संशोधन गर्‍यो । आवश्यक जग्गाको मात्रै कित्ताकाट हुनेगरी आएको नियमावली संशोधन गर्दै व्यावसायिक जग्गाको पनि कित्ताकाट गर्ने बाटो खुलाएको छ । यस्तै १३० वर्गमिटर भन्दा सानो टुक्रामा कित्ताकाट नहुने व्यवस्थालाई संशोधन गर्दै जग्गा विकास योजनाको स्वीकृति लिएको कम्पनीले भने ८० वर्गमिटरमा नै कित्ताकाट गर्नसक्ने व्यवस्था गर्‍यो ।

भू-उपयोग नियमावलीले स्थानीय तहले कृषियोग्य र गैरकृषियोग्य भूमि भनेर छुट्याएपछि मात्रै जग्गाको कित्ताकाट गर्न सक्ने व्यवस्था गरेको थियो । यसअनुसार करिब १९२ स्थानीय तहले मात्रै वर्गीकरण टुंग्याएका छन् । तर अब सरकारले नियमावली संशोधन गरेसँगै जग्गाको वर्गीकरण नभएको स्थानिय तहमा पनि कित्ताकाट खुल्ने भएको छ ।

 

 

 

  • साझा परिवेश
  • आइतवार, भदौ ३, २०८० १५:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट