May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ विमोचन

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० 0५:५५
विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ विमोचन

काठमाडौँ। प्रवासमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ को काठमाडौँमा विमोचन गरिएको छ । लघुकथा समाज कोशी प्रदेश समितिको अयोजनामा मंगलबार बिहान अनामनगरमा आयोजित एक विशेष समारोहकाबीच सो कृतिको विमोचन गरिएको हो ।

कार्यक्रम कोशी प्रदेश अध्यक्ष ममता मृदुलको सभापतित्वमा आयोजना भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले कृतिकार याख्खालाई बधाईसहित शुभकामना व्यक्त गरे । संख्यात्मक भन्दा गुणात्मक कृति लेख्न र यो कृति भन्दा अर्को उत्कृष्ठ बनाउन पनि श्रेष्ठले सुझाव दिए ।

कृतिमाथि समीक्षा गर्दै लघुकथाकार दीव्य गिरीले कृतिमा समेटिएका लघुकथाहरु उत्कृष्ठ रहेको बताए । कृतिमा समावेश लघुकथा वाचन गर्दै उनले याख्खाको विषयवस्तुको चयन, लेखन र प्रस्तुतिकरण उत्कृष्ठ रहेको भन्दै प्रशंसा गरे । कथामा सामाजिक, राजनीतिक, आर्थिक व्यङ्ग्य पनि रहेको उनले सुनाए ।

कृतिकार याख्खालाई शुभकामना दिँदै नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले यस्ता पुस्तकले हामीलाई बाँच्ने प्रेरणा दिने बताए । उनले यो कृतिले नेपाली लघुकथा समाजमा एउटा इँटाको काम गरेको बताए ।

कार्यक्रममा लघुकथाकार ध्रुव मधिकर्मीले कृतिकार याख्खालाई बधाई तथा शुभकामना दिँदै कृति प्रकाशन लेखकको परिचय व्यवस्थित गर्ने काम भएको बताए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा समाजको कोशी प्रदेश अध्यक्ष ममता मृदुलले सामाजिक सञ्जालबाट चिनेका याख्खाको आग्रहमा यो कार्यक्रम आयोजना गर्न सफल भएको बताइन् ।

सीमित साहित्यकार तथा लघुकथाकारहरुको उपस्थितिमा आयोजित कार्यक्रमलाई लघुकथा समाजका उपाध्यक्ष तुलसीहरी कोइरालाले सञ्चालन गरेका थिए ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० 0५:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।