May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

आफैंले दिएको समयलाई आफैं घात गर्दै कोशी प्रदेशकी ‘उपसभामुख’

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १३:0३
आफैंले दिएको समयलाई आफैं घात गर्दै कोशी प्रदेशकी ‘उपसभामुख’
  • आज सोमबार पनि  विश्वासको मत दिने सम्भावना टर्यो
  • उपसभामुख सृजना दनुवारले ४ गते १ बजेका लागि समय तोकिन्
  • आफुचैं उपचारका लागि काठमाडौंमा हिँडिन्

काठमाडौं ।।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज सोमबार विश्वासको मत दिने सम्भावना टरेको बताएका छन् । थापाले आइतबार विश्वासको मत लिने प्रस्ताव गरेका थिए, तर उपसभामुख सृजना दनुवारले ४ गते १ बजेका लागि समय तोकिन् ।

तर प्रदेशसभाको बैठक बस्ने दिन उपसभामुख दनुवार उपचारका लागि काठमाडौंमा हिँडिन् । प्रदेशसभाका जेष्ठ सदस्य रहेका एमालेका ७ र राप्रपाका एक जनाले बैठकमा उपस्थित नहुने जानकारी गराएका छन् ।

अहिले केहीबेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । तर आज विश्वासको मत दिने सम्भावना नरहेको मुख्यमन्त्री थापाले बताए ।

सत्तारुढ दलका नेताहरुसँग भएको छलफलपछि थापाले भने, ‘आज विश्वासको मत लिने सम्भावना देखिएन । सरसल्लाह गरेर अर्को दिन निश्चित गर्छौं ।’

उनले आफैंले तोकेको बैठकमा उपसभामुख अनुपस्थित हुनु गलत भएको समेत बताए । एमालेको निर्देशनमा उपसभामुख चलेको हो भन्ने प्रश्नमा उनले भने, म त्यो आरोप त लगाउँदिन । तर आफैंले तोकेको बैठकमा उपस्थित नहुनु सरासर गलत हो, उहाँले संसदीय परम्परालाई तोड्ने काम गर्नु भएको छ ।’

 

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १३:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट