May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

त्रिदेशीय टी–२० शृङ्खलामा यूएईले हङकङलाई हरायो

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० १७:0९
त्रिदेशीय टी–२० शृङ्खलामा यूएईले हङकङलाई हरायो

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा यूएईले हङकङलाई हराएकाे छ । आज आइतवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा यूएईले हङकङलाई ६ विकेटले हरायाे ।

हङकङले दिएकाे १ सय ५० रनकाे लक्ष्य यूएईले १८ ओभरमा ४ विकेट गुमाएर भेटायाे । यूएईका कप्तान माेहम्मद वसीमले ४० र खालिद शाहले ३७ रन बनाए । बलिङतर्फ हङकङका यासिम मुर्तजाले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ४९ रन बनायो । हङकङका बाबर हायातले ६६ र एजाज खानले ४८ रन बनाए । बलिङतर्फ यूएईका जहुर खानले ३ विकेट लिए ।

शृङ्खलाअन्तर्गत भाेलि साेमवार नेपाल र यूएईबीच खेल हुनेछ । याे खेलमा विजयी भएमा यूएई फाइनलमा पुग्नेछ । तर नेपालसँग पराजित भएमा यूएई पर्सि बुधवार हङकङसँगकाे खेलमा विजयी हुनुपर्नेछ । यदि हङकङसँग पराजित भएमा भने नेट रनरेटमा भर पर्नेछ । फाइनल खेल शुक्रवार हुनेछ । नेपाल यसअघि नै फाइनलमा पुगिसकेकाे छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० १७:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट