विराटनगर ।।
सर्दु जलधारा क्षेत्रमा पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि दुर्व्यबहार भएको छ। केही समयअघि सोही क्षेत्रमा वृक्षारोपण गर्दा ठुलो विवाद परेका जग्गा मालिक रोशन अधिकारी र रेजिना अधिकारीसँग फेरी विवाद हुँदा साम्पाङमाथि दुर्व्यबहार भएको हो।
अदालतको पूर्ण फैसला नाउन्जेल आफ्नो जग्गामा अरुले टेक्न पनि नपाउने अधिकारी परिवारको भनाइ छ भने आफुहरुको घर भत्काएर देखाउन हर्क साम्पाङलाई चुनौती पनि दिएका छन।
यसअघि जग्गालाई लिएर विवाद भएपछि अधिकारी परिवारले मुद्दा नै हालेको थियो। जहाँ उच्च अदालत विराटनगरले हर्क साम्पाङलाई सर्दु जलधारा क्षेत्रमा रहेको व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा पसेर वृक्षारोपण नगर्न अन्तरिम आदेश जारी गरेको थियो।