May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

आफ्ना मान्छे पर्न थालेपछि भ्रष्टचार अनुसन्धानको यात्रा रोकियो  : प्रदीप पौडेल

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १५:४७
आफ्ना मान्छे पर्न थालेपछि भ्रष्टचार अनुसन्धानको यात्रा रोकियो  : प्रदीप पौडेल
  • भ्रष्टचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने अवस्था
  • अनुसन्धान भइरहेका फाइल बन्द रोक्ने खतरा
  • आफ्ना मान्छे पर्न थालेपछि भ्रष्टचारको अनुसन्धानको यात्रा अड्किएको देखियो 

काठमाडौं ।।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने अवस्था रहेको बताएका छन् ।नेकपा माओवादी केन्द्रका नेता भ्रष्टचार प्रकरणमा मुछिएको देखिन थालेपछि अनुसन्धान भइरहेका फाइल बन्द रोक्ने खतरा रहेको पौडेलले बताए ।

‘सुरु सुरुमा प्रधानमन्त्रीका भनाईमा पत्यार लाग्थ्यो । अहिले आफ्ना मान्छे पर्न थालेपछि अब नयाँ खोलिने त सम्भावना छैन । पुराना खोलिएका पनि बन्द हुने खतरा छ,’ पौडेलले भने ।

चितवन रत्ननगर नगरको पार्टी समिति सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री व्यवहार प्रति असन्तुष्टि जनाए । ‘फाइल खोलेपछि आफ्ना नपर्ने अरुको मात्रै पर्ने भन्ने हुँदैन । आफ्ना पर्न थालेपछि भ्रष्टचारको अनुसन्धानको यात्रा अड्किएको देखियो,’ पौडेलले भने ।

वर्तमान सरकारले नागरिकका पक्षमा अरु केही कार्य नगरेको उनले बताए । ‘भ्रष्टचारका अलि अलि फाइल खोल्न खोजेको छ,’ पौडेलले भने,‘फाइल खोेलेर प्रधानमन्त्री जस लिन खोज्नुहुन्छ । हामी पछाडी बसेर अँध्यारो भइरहेका छौं ।’ प्रधानमन्त्री प्रचण्ड आफ्नो बलले नभई कांग्रेसको शक्तिले पदमा पुगेको हेक्का राख्न उनले सुझाए ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १५:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्