July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

ओबी समाचार प्रभाव : महानगरद्वारा सगरमाथा स्कुलको शौचालयमा राखिएको सिसी क्यामरा जफत

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० 0८:१२
ओबी समाचार प्रभाव : महानगरद्वारा सगरमाथा स्कुलको शौचालयमा राखिएको सिसी क्यामरा जफत

विराटनगर । सगरमाथा बोर्डिङ स्कुलको शौचालयमा जडान गरिएको सिसी क्यामरा विराटनगर महानगरपालिकाले जफत गरेको छ।

‘विद्यार्थीबाट गुट्खा र धक्कामुक्का रोक्न सगरमाथाको शौचालयमै सिसी क्यामरा’ शिर्षकमा समाचार आवर विराटनगरले सार्बजनिक गरेको थियो । सोही समाचार प्रकाशित भएको केही घण्टामै विराटनगर महानगरपालिकाले विराटनगर–११ स्थित सगरमाथा बोर्डिङको सिसि क्यामेरा जफत गरेको हो ।

महानगरपालिकाकी उप–प्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा महानगरपालिको शिक्षा शाखा साथै नगर प्रहरी लगायतको टोलीले गैर कानुनी रूपमा राखिएको शौचालय भित्रको सिसी क्यामराहरु निकालेर महानगरपालिकाले जफत गरेको महानगरले जनाएको छ ।

महानगरले सो विद्यालयलाई कारबाही समेत गर्ने भएको छ । कानुन विपरीतका यस्ता गतिविधि गर्ने विद्यालयलाई कानुन अनुसार कारबाही गरिने उप–प्रमुख कार्कीले जानकारी दिइन् । ‘हामीलाई शौचालयमा सिसी क्यामरा राखेको भन्ने जानकारी आएपछि टोली परिचालित गरिएको थियो, उनले भनिन्, यस्ता कानुन विपरीतका कार्य गर्ने विद्यालयहरू कानुनी प्रक्रियामा आउँछन् ।’

सिसि क्यामेराको विषय जानकारीमा आएपछि विद्यालयलाई सचेत गराउँदा समेत बेवास्ता गरेको त्यहाँ पुगेको टोलीले जनाएको छ।

प्रयोजन नै नखुलाई सिसी क्यामरा शौचालयमा राखिनु गैर कानुनी काम भएकोले ३० हजारसम्म जरिवाना र अरू कानुनी कारबाही अघि बढ्ने महानगरपालिकाले जनाएको छ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० 0८:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्