May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ

विद्यार्थीहरु आमरण अनशनमा व्यस्त

  • साझा परिवेश
  • आइतवार, भदौ १०, २०८० १४:१0
विद्यार्थीहरु आमरण अनशनमा व्यस्त
  • इन्जिनियरिङमा भएको शुल्क वृद्धिको विरुद्धमा विद्यार्थीहरू आमरण अनशनमा
  • तीन लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्‍याइएकोले अनशन सुरु

काठमाडौं ।।

समाजवादी मोर्चा निकटका विद्यार्थीहरू इन्जिनियरिङमा भएको शुल्क वृद्धिको विरुद्धमा आमरण अनशनमा बसेका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको शुल्क फिर्ताको माग राख्दै आइतबारदेखि आमरण अनशन सुरु गरेका हुन् ।

अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सिंहले आमरण अनशन सुरु गरेका छन् ।

पुल्चोक स्थित इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) को डीन कार्यालयमा आमरण अनशन सुरु गरिएको हो । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहका लागि तीन लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्‍याइएको छ । शुल्क वृद्धिको विरोधमा नेविसंघका विद्यार्थी नेता पनि आमरण अनसनमा बसिरहेका छन् ।

 

  • साझा परिवेश
  • आइतवार, भदौ १०, २०८० १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।