November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

गुणस्तर हेरेर नै फिल्मले शो नपाएको हुन सक्छ : दयाहाङ राई

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १३:३६
गुणस्तर हेरेर नै फिल्मले शो नपाएको हुन सक्छ : दयाहाङ राई
  • नेपाली फिल्मले शो पाउन नसकेकोमा अभिनेता दयाहाङ राईको टिप्पणी 
  • व्यवसाय गर्ने अधिकारबाट कसैलाई रोक्न नसकिने
  • ‘खुला बजारमा प्रतिस्पर्धा गर्ने अधिकार सबैलाई हुने 
  • नेपाली फिल्म आफैंले प्रतिस्पर्धा गरेर शो पाउने क्षमताको विकास गर्न जरुरी 

काठमाडौं ।।

अभिनेता दयाहाङ राईले विदेशी फिल्मको चेपुवामा परेर नेपाली फिल्मले शो पाउन नसकेको सन्दर्भमा टिप्पणी गरेका छन् । आफू अभिनित फिल्म ‘नांगो गाउँ’को प्रेसमिटमा बोल्दै राईले नेपाली फिल्मले गुणस्तर र प्रतिस्पर्धाबाटै शो पाउने क्षमताको विकास गर्नु जरुरी रहेको बताए ।

प्रतिस्पर्धा गर्ने अधिकार विदेशी फिल्मलाई पनि रहेको भन्दै उनले व्यवसाय गर्ने अधिकारबाट कसैलाई रोक्न नसकिने समेत बताए । ‘खुला बजारमा प्रतिस्पर्धा गर्ने अधिकार सबैलाई छ । नेपाली फिल्म आफैंले प्रतिस्पर्धा गरेर शो पाउने क्षमताको विकास गर्नुपर्छ,’ उनले भने ।

दयाहाङ अभिनित दुई ब्लकबस्टर फिल्महरु ‘कबड्डी’ श्रृंखला र ‘जारी’ले त्यतिबेला रिलिज भएका विदेशी फिल्मलाई महिनौंसम्म चुनौती दिएका थिए । उनले खुला बजारमा बिक्री हुने चीजको पछि नै मान्छे लाग्ने भएकाले खुला बजारमा प्रतिस्पर्धा नभए मजा नहुने समेत बताए ।

पटक-पटक नेपाली फिल्मले शो नै पाउन नसकेको गुनासोतर्फ लक्षित गर्दै दयाहाङले राम्रा फिल्म बनाउनुको विकल्प नरहेको बताए । सञ्चारकर्मीले उनलाई भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको अर्को नेपाली फिल्म ‘एक भगवत् गीता’ र एक साताअघि रिलिज हुन लागेको बलिउड फिल्म ‘जवान’को रिलिजको सन्दर्भमा यो प्रश्न गरेका थिए ।

‘हामीले राम्रो शो पाउने सिनेमा बनाउनुपर्‍यो । हाम्रा सिनेमाले मात्रै शो पाउने सिनेमा बनाउनुपर्‍यो । हाम्रो सिनेमाले शो नपाउनुमा हाम्रै कमजोरी हुन सक्छ,’ दयाहाङले भने, ‘कसैलाई काखा वा पाखा गर्नुपर्छ भन्ने मलाई लाग्दैन । कोटा प्रणालीमा जाने हो भने नीतिगत निर्णय गरेर जानुपर्छ ।’

दयाहाङ आगामी फिल्म ‘गाउँ आएको बाटो’को प्रिमियरमा सहभागी हुन मंगलबार राति क्यानडामा आयोजना हुन लागेको टोरन्टो फिल्म फेस्टिभलतर्फ जाँदैछन् ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १३:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्