May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेट, परियोजनाबारे छलफल

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० 0९:५३
प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेट, परियोजनाबारे छलफल

काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेकी छन्। आइतबार साँझ काठमाडौं आइपुगेको अल्ब्राइटको टोलीले आज प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन्।

प्रचण्ड र अलब्राइटबी एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल काठमाडौं आएको हो। गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो।

अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको छ।

एमसीसीको ठेक्का प्रक्रियामा विवाद भइरहेको समयमा उनी नेपाल आएकी हुन्। ५० करोड डलर अमेरिकी सहायता रहेको एमसीसीपरियोजनाले २२ करोड डलरमा ४०० केभी विद्युत प्रसारणलाइन बनाउने भनेर ठेक्का आह्वान गरेको छ। ३१५ किलोमिटर विद्युत प्रसारणलाइन बनाउन बोलपत्र आह्वान गरे पनि ठेकेदार छनोट गर्न सकेको छैन। एमसीए (मिलेनियम च्यालेन्ज एकाउन्ट)-नेपालले दिएको अनुमानित दरभन्दा निकै बढीका प्रस्ताव आएपछि सरकारी अधिकारीहरु यो प्रक्रिया नै रद्द गरेर पुनः बोलपत्र आह्वान गर्नुपर्ने बताइरहेका छन्। एमसीएले गरेको लागत अनुमानभन्दा धेरै महंगा प्रस्ताव स्वीकृत गर्दा बजेट बढाउनुपर्ने र समयपनि लम्बिने संकेत देखिएको छ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० 0९:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट