sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

किराको सङ्क्रमणले धानबाली सखाप

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० ११:४३
किराको सङ्क्रमणले धानबाली सखाप
  • खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलियो 
  • गभारो तथा राइस ब्लाष्ट-थ्री,नामको किरा
  • सेथ ब्लाइट-टु र ब्याक्टेरियल फुट रट रोगको सङ्क्रमणले सतायो 

खोटाङ ।।

खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको छ । रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र खोटेहाङ गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको हो ।

गाभा सरेर पोटाउने अवस्थामा धान बालीमा गभारो नामको किरा तथा राइस ब्लाष्ट-थ्री, सेथ ब्लाइट–टु र ब्याक्टेरियल फुट रट रोगको सङ्क्रमण देखा परेको कृषि ज्ञानकेन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामनन्द यादवले बताउनुभयो ।

जिल्लाका १० पालिकामध्ये रावाबेँसी गाउँपालिकाका किसानले लगाएको धान बालीमा सबैभन्दा बढी रोग तथा किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘खोटाङमा धानबालीमा धेरथोर तीन किसिमको रोग र एउटा किराको सङ्क्रमण फैलिएको पाइएको छ,’ बाली संरक्षण अधिकृत यादवले भन्नुभयो, ‘रोग तथा किराको सङ्क्रमण सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा देखा परेको छ ।’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, खाल्ले र नेर्पामा लगाइएको धान बालीमा रोग तथा किराको सङ्क्रमण देखा परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गभारो, ब्लाष्ट, खैरो थोप्ले रोग र ब्याक्टेरियल लिफ ब्लाइटको सङ्क्रमण देखिएको प्राविधिक सहायक मिनबहादुर बुढाथोकीले बताउनुभयो । धान बालीमा लागेको रोग तथा किरा नियन्त्रणका लागि नगरपालिकाले किसानलाई कारटाप हाइड्रोक्लोराइड, कार्बेनडाजिम र एक्जाकोनाजोल नाम विषादि वितरण शुरु गरेको छ ।

 

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० ११:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid