April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

चन्द्रयान र सूर्ययान पछि अव भारतको योजना समुन्द्रयान, ०२६ भित्र प्रक्षेपण हुने

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १0:२९
चन्द्रयान र सूर्ययान पछि अव भारतको योजना समुन्द्रयान, ०२६ भित्र प्रक्षेपण हुने

चन्द्रयान–३ को सफल अवतरण र सूर्य मिसनका लागि यान प्रक्षेपण गरेर उत्साहित भएको भारतले अव समुन्द्रयान पनि पठाउने तयारी गरेको छ।

चेन्नाइको नेशनल इन्स्टिच्यूट अफ ओशन टेक्नोलोजीले समुद्रायन अर्थात मत्स्य ६००० निर्माण गरेको छ। यसले तीनजना मानिसहरु बोकेर समुद्रको ६ किलोमिटर गहिराईसम्म जाने र त्यहाँको अध्ययन अनुसन्धान गर्ने जनाईएको छ।

भारतका पृथ्वी विज्ञानमन्त्री किरेन रिजिजूूले सेप्टेम्बर ११ मा एक ट्वीट गर्दै भारतको अबको मिसन समुद्रयान भएको बताएका छन् । यसमा वसेर समुन्द्रको सयर गर्नेहरुले त्यहाँको स्रोत तथा जैविक विविधताको अध्ययन गर्नेछन् ।

यो मिसनबाटबाट सामुद्रिक अर्थतन्त्र अर्थात् ब्लू इकोनोमीको विकास गर्ने उद्देश्य छ । भारतीय अन्तरिक एजेन्सी इसरोले चन्द्रयान ३, गगनयान तथा सूर्य मिसनजस्ता अन्तरिक्ष मिसन चलाइरहेका बेला पृथ्वी विज्ञान मन्त्रालयले समुद्रको गहिराइ नाप्ने तयारी सुरु गरेको हो।

भारतको नेसनल इन्स्टिच्यूट अफ ओसन टेक्नोलोजीले यसअघि एक पर्सनल स्फेयर यान बनाएको थियो । जुन समुद्रको ५ सय मिटर सम्मको गहिराइमा जान सक्थ्यो । उक्त यानमा एकजना मात्रै व्यक्ति बस्न मिल्थ्यो ।

समुद्रयान मिसन पूर्णरुपमा स्वेदेशी लगानी तथा प्रविधिमा बनेको भारतीय सामुद्रिक परियोजना हो । यो यान निर्माण गर्न टाइटेनियम धातुको प्रयोग गरिएको छ । यसको ब्यास २.१ मिटर छ । यसमा १२ घण्टाका लागि तीन जनासम्म मानिस बसेर समुद्रको ६ हजार मिटरको गहिराइसम्म जान सक्दछन् । यो यान ९६घण्टासम्म समुद्रको पानीभित्र रहन सक्दछ ।

यो मिसनको सुरुआत २०२६ मा हुने अपेक्षा गरिएको छ । सफल लञ्चिङ पश्चात् अमेरिका, रुस, फ्रान्स, जापान तथा चीन जस्ता देशहरुको समूह अर्थात् एलिट क्लबमा भारत पनि प्रवेश गर्नेछ ।

समुद्रयानको उद्देश्य समुद्रको गहिराईमा खोज गर्नु तथा सामुद्रिक पिँधमा खनिजको उत्खननका लागि पनडुब्बीको माध्यमबाट मानिसलाई पठाउनु हो । आमरुपमा पनडुब्बीहरु केवल ३ सय देखि ४ सय मिटरको गहिराइसम्म मात्र जान सक्दछन् । तर समुद्रयान भने ६ हजार मिटर सम्म पुग्नेछ ।

समुद्रयान परियोजनाको लागत ४१ अर्ब भारु रहेको छ । सन् २०२१ मा भारतको पृथ्वी विज्ञान मन्त्रालयले यो परियोजना अघि सारेको हो । यसको उद्देश्य सामुद्रिक संशाधनहरुको खोज गर्नु हो ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट