झापा : ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका-९ धुलाबारी बस्ने ४२ वर्षीय तिलक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। श्रेष्ठले ती महिलालाई भदौ २३ गते दिउँसो बिर्तामोड नगरपालिका-५ महानन्द चोकस्थित गेष्ट हाउसमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो । प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।