May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

अखिल क्रान्तिकारीले विश्वविद्यालयमा लगायो ताला

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १२:२५
अखिल क्रान्तिकारीले विश्वविद्यालयमा लगायो ताला
  • दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला
  • नेपाली कांग्रेस सम्बद्ध नेविसंघले ताला लगायो

दाङ ।।

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ । नेपाली कांग्रेस सम्बद्ध नेविसंघले लगाएको ताला दुई महिनापछि खुलेको हप्ता दिन पनि नपुग्दै नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले ताला लगाएको हो ।

यसअघि नेविसंघसँग विश्वविद्यालयले सेवा आयोगले लिने परीक्षाहरु लोक सेवा आयोगलाई दिने सहमति गरेपछि ताला खुलेको थियो । तर अखिल क्रान्तिकारीले भने विश्वविद्यालयको सेवा आयोगको अधिकार लोक सेवा आयोगलाई दिन लागेकोप्रति आपत्ती जनाउँदै ताला लगाएको हो ।

अखिल क्रान्तिकारीले सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । अखिल क्रान्तिकारीका विष्णु चौधरी, अभयप्रताप चौबे र गणेश पौडेलले सोमबार प्रेस विज्ञप्ति जारी गरी नेपाल विद्यार्थी संघसँग भएको सम्झौता रद्द गर्न माग गरेका छन् ।

बिभिन्न निहुँमा विद्यार्थीहरुले तालाबन्दी गर्दा संस्कृत विश्वविद्यालयको कामकारबाही प्रभावित हुँदै आएको छ । यसअघि नेविसंघको दाङ जिल्ला समितिले गत असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा ताला लगाएको थियो ।

त्यस्तै असार ३ गते विश्वविद्यालयको केन्द्रीय कार्यलयमा आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले ताला लगाएको थियो । दुई विद्यार्थी संगठनले लगाएको ताला ६ दिनअघिमात्र खोलिएको थियो ।

यसअघि विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा तालाबन्दी हुँदा असार २१ गते हुने भनिएको उपप्राध्यापक र वरिष्ठ प्रशिक्षक र असार २७ देखि हुन थालेका सहप्राध्यापकका परीक्षाहरु स्थगित भएका थिए । सेवा आयोगमा लगाइएको ताला खुलेपछि आइतबार आयोगले कर्मचारी र प्रध्यापकका परीक्षाको सूचना प्रकाशित गरेको थियो । परीक्षाको सूचना प्रकाशित भएपछि अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो ।

सेवा आयोगको निष्पक्षतामाथि प्रश्न उठेका बेला कुनै छानबिन नगरी परीक्षाको सूचना सार्वजनिक गरिएकोमा आपत्ति जनाउँदै अखिल क्रान्तिकारीले तत्काल कुनै काम नगर्न चेतावनी दिएको छ । तालाबन्दीपछि विश्वविद्यालयका सबै कामहरु ठप्प भएको विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बताए ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १२:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।