May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

निश्चल बस्नेतको ‘दिमाग खराब को ‘बिरामी मुलुक’ सार्वजनिक

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १२:३४
निश्चल बस्नेतको ‘दिमाग खराब को ‘बिरामी मुलुक’ सार्वजनिक
  • ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक
  • सार्वजनिक गीतका केही शब्दले दर्शकको मन जित्ने
  • दिमाग खराब’बाट निश्चल ६ वर्षपछि निर्देशन फर्किए

काठमाडौँ ।।

तिहारको अवसर पारेर आगामी कात्तिक २४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ। बुधबार संविधान दिवसको अवसर पारेर सिनेमामा समावेश लिरिकल गीत ‘बिरामी मुलुक’ सार्वजनिक गरिएको हो। सिनेमाको सार्वजनिक लिरिकल गीतमा जयन जे वाइवाको शब्द, संगीत तथा स्वर छ। सिनेमाको सार्वजनिक लिरिकल भिडिओका चल अचल दृश्यमा प्राय सबै कलाकारलाई कारेक्टर लुक्समा प्रस्तुत गरिएको छ। सार्वजनिक गीतका केही शब्दले दर्शकको मन जित्ने देखिन्छ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको सिनेमा आकाश बरालले लेखेका हुन् निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिमाग खराब’मा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह आदिको अभिनय छ।

‘दिमाग खराब’बाट निश्चल ६ वर्षपछि निर्देशन फर्किएका हुन्। रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ।

सिनेमा ‘लुट २’पछि निश्चल बस्नेत निर्देशनबाट टाढा बसेका थिए। त्यो बीचमा उनले केही सिनेमा तथा म्युजिक भिडिओमा अभिनय गर्नुका साथै केही गीतमा स्वरसमेत भरेका थिए। कोभिडभन्दा अघि उनले ‘जिन्दावाद’ नाममा सिनेमा निर्माणको तयारी समेत गरे पनि ठूलो बजेटका कारण त्यो सिनेमालाई पोस्टपोन्ड गर्दै यो सिनेमाको निर्माण तथा निर्देशन गरेका हुन्।

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट