April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

असार महिनाको बिजुली बिल किन बढेर आउँछ ?

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १४:५0
असार महिनाको बिजुली बिल किन बढेर आउँछ ?

खगेन्द्र घिमिरे।। झापा ।।

नेपाल विद्युत प्राधिकरणले असार महिनाको विद्युत महसुल अस्वाभाविक रुपमा बढाउने गरेको छ । हरेक ग्राहकको घरमा पुगेको असार महिनाको विद्युत महसुल बढेर आएको ग्राहकहरु बताउँछन् ।

विद्युत प्राधिकरणले हरेक वर्ष असार महिनामा महसुल रहस्मय ढंगले बढाउने गर्दा ग्राहकहरु मारमा पर्ने गरेका छन् ।

विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्र अन्तर्गतका अधिकांश ग्राहकको महसुल बढेर आएको हो । अरु महिनामा बिजुलीको महसुल खपत अनुसार नै आउने गर्दछ ।

तर, असार महिनामा महसुल अस्वाभाविक रुपमा ह्वात्तै किन बढ्ने गर्दछ भनेर ग्राहकले प्रश्न गरेका छन् । मेचीनगर–९ निवासी देवी भण्डारीले असार महिनाको बिल धेरै आएको बताइन् । उनले अरु महिना २०० रुपैयाँ जति आउने गरेको र यसपाली ७४० रुपैयाँको बिल आएको बताइन् ।

यस्तै, मेचीनगर–७ निवासी गायत्रादेवी बोहोराले पनि विजुलीको विल बढेर आएको बताइन् । अघिल्लो महिना ५ सय जतिको आउने गरेको र यसपाली १९ सय रुपैयाँको बिल आएको बताइन् । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष क्लोजिङ गर्ने बहानामा ग्राहकबाट मनपरी रकम असुल्न खोजेको ग्राहकहरुले दाबी गरेका छन् । तर, विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले भने त्यस्तो नहुने बताएको छ । धुलाबारी शाखाका प्रमुख सुनिल कुमार महतोले गर्मी मौसमका कारण महसुल बढेर आएको हुन सक्ने बताए । ‘गर्मी मौसममा बढी बिजुली खपत हुने गर्दछ,’ उनले भने, ‘यसमा आशंका गर्नुपर्ने कुरै छैन ।’ महतोका अनुसार असोज महिनादेखि फागुनसम्म सामान्य र बैशाखदेखि भदौसम्म उच्च बिजुली खपत हुने गर्दछ । धुलाबारी वितरण केन्द्र अन्तर्गत झण्डै ४०  हजार ग्राहक संख्या रहेका छन् ।

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १४:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।