May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

सरकार र क्यानले मलाई कसरी बलियो बनाउने भन्नेबारेमा सोच्नुपर्छ : पारस खड्का

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:0२
सरकार र क्यानले मलाई कसरी बलियो बनाउने भन्नेबारेमा सोच्नुपर्छ : पारस खड्का
  • अवसरसँगै काम गर्ने चुनौती पनि थपियो 
  • जिल्ला र प्रदेश बलियो नभई केन्द्र बलियो हुन्न 
  • संघलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गरिने 
  • नतिजा देखिने गरी काम गर्नुपर्ने 

नेपाल क्रिकेट संघ(क्यान) का नवनिर्वाचित सचिव पारस खड्काले आफूलाई अवसरसँगै काम गर्ने चुनौती पनि थपिएको बताएका छन्।  शनिबार भएको निर्वाचनको मतगणनापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खड्काले आफ्ना अग्रजहरूको हौसलाकै कारण यहाँसम्म पुग्न सहज भएको बताए।  ‘काम गर्ने अवसरसँगै चुनौती पनि छ,’ उनले भने। जिल्ला र प्रदेश बलियो नभई केन्द्र बलियो नहुने उनको भनाइ छ।

‘राम्रो टिम बनेको जस्तो लाग्छ। चुनावी माहोलमा जे भएपनि क्रिकेट संघलाई कसरी अघि बढाउने भन्नेबारे छलफल हुन्छ,’ खड्काले भने, ‘खेलाडीको रुपमा जति अनुभव बटुलेको छु, त्यसलाई जिल्लादेखि प्रदेशमा नतिजा देखिनेगरी छलफल गर्नुछ।’ उनले क्रिकेट छाडेपछिका अनुभव सुनाउँदै पछिल्लो ३-४ महिनाको अवधिमा नयाँ अनुभव भएको बताए।

‘क्रिकेट छोड्दा एउटा आशा थियो। पछिल्लो ३ ४ महिनामा नयाँ अनुभव भयो। जब म एउटा खेलाडी थिएँ, म सँग सँगै राम्रो टिम थियो। त्यो टिमले राम्रो भूमिका खेलेको थियो,’ उनले भने। सरकार र क्यानले आफूलाई कसरी बलियो बनाउने भन्नेबारेमा सोच्नुपर्ने पनि उनले बताए।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।